नेपालका अञ्चल अस्पतालसम्म पनि एनेस्थिेसिया सेवा पुग्न सकेको छैन । जसका कारण अञ्चल अस्पतालमै हुन सक्ने शल्यक्रिया गर्न समेत विरामीले राजधानी धाउनु पर्ने अवस्था छ । दरवन्दी भएपनि अस्पतालमा एनेस्थेयोलोजिस्ट ( बेहोस पार्ने चिकित्सक ) पठाउनु पर्ने तर्फ स्वास्थ्य तथा जनसँंख्या मन्त्रालयले आँखा चिम्लने गरेको छ । कुनै पनि शल्यक्रिया गनु भन्दा पहिले एनेस्थेसियोलोजिस्टले विशेष किसिमको प्रविधि र औषधिको माध्यमबाट विरामीको शरीरको पुरै भाग वा केही भाग चेतना रहित बनाउनु पर्छ । यसलाई नै चिकित्सकिय भाषामा एनेस्थिसिया भनिन्छ । एनेस्थिरियाकै माध्यमबाट संसारमा अति नै संवेदनसिल मानिएका शल्यक्रिया संभव भएको हो । पछिल्ला वर्षमा देशभरि शल्यक्रिया गरेर निको पार्न सकिने रोगहरुको संक्रमण बढ्दै गइरहेकोछ । तर सरकारले शल्यक्रियाका लागि नभइनहुने एनेस्थिसियोलोजिस्टको संख्या बढाएर सेवा विस्तार गर्ने तर्फ कुनै चासो देखाएको पाइदैन । शल्यक्रियाका लागि आवश्यक पर्ने शल्यचिकित्सक, यन्त्र उपकरण उपलब्ध भएका अस्पतालमा समेत एनेस्थेसियोलोजिस्टको अभावमा शल्यक्रिया सेवा ठप्प भएको छ । नेपालमा करिव एक सय ६० जना एनेस्थेसियोलोजिस्ट छन । यी मध्ये असी प्रतिसत काठमाडौं र ठूला सहरका नाम चलेका अस्पतालमा मात्र सिमित छन ।
नेपाल एनेस्थेरिया समाजका अध्यक्ष एवं त्रिवि शिक्षण अस्पताल एनेस्थेरिया विभाग प्रमुख डा. मोदनाथ मरहट्टाले भने, अञ्चल र जिल्ला अस्पतालसम्म शल्यक्रिया सेवा गर्न नेपालमा कम्तिमा पनि एक हजार एनेस्थेयोलोजिस्ट आवश्यक पर्छ । नेपालमा वर्षेनी पच्चिस जना एनेस्थेयोलोजिस्टमात्र उत्पादन भइरहेका छन । नेपालको जनसंख्या र अस्पतालको संख्याको अनुपातमा यो हात्तीको मुखमा जिरा जस्तै भएको डा. मरहट्टा बताउछन । दुर्घटना अथवा चोट पटक लाग्दा समेत चिरफार गरेर शल्यक्रिया गर्दा समेत एनेस्थेसिया दिनु पर्छ । त्यसैले जनतालाई कम शुल्कमा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न यो सेवा विस्तार गर्नु पर्ने आवश्यकता रहेको विज्ञहरु बताउछन । चिकित्सा विज्ञानमा एनेस्थेसियालाई संवेदनसिल प्रविधि मानिन्छ । यसकै कारण नेपालमा पनि मुटु, मिर्गौला लगायतको शल्यक्रिया गर्न संभव भएको हो । चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान वीर अस्पतालका सह प्राध्यापक डा. उदय बज्रचार्य यो प्रविधिको विकासले जटिल सल्यक्रिया गर्न समेत संभव भएको बताएछन । यो प्रविधि नभएको भए शल्यक्रिया भन्ने वित्तिकै विरामी तर्सिने गर्दथे । डा. बज्राचार्यका अनुसार एनेस्थेसिया दिदा विरामीलाई सबै बिर्साउने गरि बेहोस गर्ने, दुखाईको महसुस नहुने गरि तथा चिरफार गर्दा नचल्ने गरि तीन किसिमका औषधि सन्तुलित रुपमा दिने गरिन्छ । सही किसिमले एनेस्थेसिया नदिइए बेहोस गरेको विरामी शल्यक्रिया पछि होसमा नफर्कन सक्छ । त्यसैले यो विषयमा दक्ष विशेषज्ञ कै आवश्यकता पर्छ ।
सन १९४६ मा अमेरिकाको म्यासाच्युसेट जनरल अस्पतालमा डब्लुटिजी मोर्टनले इथर नामक औषधिद्धारा विरामीलाई पहिलो पटक एनेस्थेसिया दिएका थिए । विज्ञहरुका अनुसार त्यसपछि नदुखाइकन शल्यक्रिया गर्न अन्य औषधि र प्रविधिको विकास भएको हो । डा. मरहट्टाका अनुसार हिजोआज शल्यक्रियाको पूर्व तयारीका लागि हाल र पहिलो भएका रोग, शारीरिक अवस्था र प्रयोग गरिएका औषधि उपचारको विवरण लिएपछि विरामीको आवश्यक जाँंच गरिन्छ । विरामीको अवस्था रोग र शल्यक्रियाको जटिलताका साथै शल्यक्रिया गर्नु पर्ने शरीरको भाग अनुसार कुन प्रविधि अपनाई कुन प्रकारको एनेस्थेसिया दिने हो त्यसबारेमा निर्णय लिइन्छ । यसबाट हुन सक्ने संभावित परिणामको सफलता र खतराको जानकारी विरामी वा उनका आफन्तलाई दिने गरिन्छ । जुन भागको शल्यक्रिया गर्नु पर्ने हो त्यसो भागलाई मात्र संवेदनहिन बनाउने प्रविधि प्रयोग गर्ने गरिएको छ। यो प्रविधिले खुट्टाको शल्यक्रिया गर्दा कम्मर मुनीको भागमात्र थाहा नपाउने बनाइन्छ । कम्मरमाथिको भाग पुरै होसमा हुन्छ । शल्यक्रिया सफल भएपछि विरामी पूर्ण होसमा नआउन्जेसम्म एनेस्थियोलोजिस्टको निगरानी आवश्यक पर्छ । पूरै शरीरलाई एनेस्थेसिया दिनुलाई जनरल एनेस्थेसिया भनिन्छ । यसमा विरामी पूरै बेहोस हुन्छ । यो संवेदनसिल अवस्था हो । यो अवस्थामा विरामी पुरै एनेस्थेसिया विशेषज्ञको जिम्मेवारीमा हुन्छ । कुनै गडवडी हुने अवस्था आए तत्कालै आवश्यक औषधि र प्रविधिको माध्यमबाट खतरामुक्त बनाउछन । डा. मरहट्टाका अनुसार विकरित ज्ञान र शिपका कारण एनेस्थेसिया विशेषज्ञहरुको कार्यक्षेत्र फराकिलो हुदै गइरहेको छ । अहिले यी विशेषज्ञहरु शल्यक्रियाका लागि एनेस्थेसिया दिनुका अलावा अन्य संवेदनसिल सेवाहरु समेत प्रदान गर्ने गरेका छन । सघन उपचार कक्षका सिकिस्त विरामीलाई भेन्टिलेटर र मनिटरको सहयोगले दिइने सघन सेवाका साथै दिर्घकालिन दुखाईको उपचार र व्यवस्थापन पनि यिनै विज्ञहरुले गर्ने गरेका छन ।
Leave a Reply