• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 25th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

पाठेघर झर्ने समस्या

March 31st, 2014 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पाठेघर झर्ने समस्या

पाठेघर झर्नु भनेको के हो ?

पाठेघर महिलाको शरीरको तल्लो पेटमा रहने एक प्रकारको मांसपेशीको थैली हो । पाठेघरलाई गर्भाशय पनि भनिन्छ । महिनावारीको समयमा रक्तस्राव यही“बाट हुन्छ । पाठेघरलाई वरिपरिका मांसपेशी र तन्तुहरुले आफ्नो ठाउ“मा अड्याई राखेको हुन्छ । विभिन्न कारणहरुले गर्दा पाठेघरलाई आफ्नो ठाउ“मा थामेर राख्ने मांसपेशी र तन्तुहरु कमजोर हुन जान्छ । फलस्वरुप सिङ्गै पाठेघर वा केही भाग योनीसम्म वा त्योभन्दा बाहिर निस्किएको अवस्थालाई पाठेघर झरेको वा आङ्ग खसेको भनिन्छ । यो सरुवा रोग होईन । यो उपचार गरेर निको हुन्छ ।

पाठेघर झर्ने कारणहरु
महिला सुत्केरी भएपछि पाठेघर खुम्चेर पहिलेकै अवस्थामा आइपुग्न करीब छ हप्ताजति लाग्छ । सुत्केरी भएको बेलामा पाठेघरलाई अड्याई राख्ने मांसपेशीहरु धेरै कमजोर भएका हुन्छन् । देहायका कार्यहरुबाट पाठेघर झर्ने समस्या हुनसक्छ ।

  • सुत्केरी भएको ६ हप्ताभित्रै गह्रौं भारी उठाउने र गाह्रो काम गर्नु ।
  • धेरै बच्चा जन्माउनु तथा कम समयको अन्तरालमा बच्चा जन्माउनु ।
  • कम उमेरमै बच्चा जन्माउनु ।
  • गर्भवस्था र सुत्केरी अवस्थामा चाहि“दो माात्रामा पोषिलो खानेकुरा खान नपाउनु ।
  •  असुरक्षित गर्भपात गराउनु ।
  • प्रशव अवस्थामा बच्चा छिटो जन्मियोस् भनेर महिलाको पेटलाई बेस्सरी थिच्नु 
  •  प्रशव अवस्था नह“ुदै बढी बल गर्नु पाठेघर झर्नाले के हुन्छ ?
  •  पाठेघर खस्दा शुरुमा योनीबाट केही चिज निस्केको जस्तो महसुस हुन्छ । यो हि“ड्दा, उभि“दा वा खोक्दा झन बढेको तथा उत्तानो परेर पल्टिंदा चाहि“ कम भएको महसुस हुन्छ । 
  • यो समस्या बढ्दै गएमा सिङ्गै पाठेघर योनीे बाहिर झुण्डिएर बस्छ । यतिबेला यो आफैभित्र जांदैन । 
  •  यसले महिलालाई हि“ड्न, बस्न, काम गर्न धेरै अप्ठ्यारो हुन्छ । 
  • सो डल्लो तिघ्रास“ग घस्रेर घाऊ भई पाक्न पनि सक्छ । साथै ढाड दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने पनि हुन्छ । 

पाठेघर झर्ने समस्याको रोकथाम

  • प्रजनन अङ्गहरु पूर्णरूपले विकसित नभई गर्भवती बन्नु हुदैन या कम उमेरमानै बच्चा पाउनु ह“ुदैन ।
  • वेथा लागेको बेलामा पाठेघरको मुख पूरा नखोली बल प्रयोग गर्नु हुदैन ।
  • गर्भावस्था र सुत्केरीपछि कमजोर भएका मांसपेशी फेरि बलियो बनुन् भनेर कम्तिमा २ वर्षको जन्मान्तर गर्नुपर्छ ।
  • सुत्केरीपछि कम्तीमा छ हप्तासम्म महिलाले भारी उचाल्ने काम गर्नुहु“दैन ।
  • गर्भवती र सुत्केरी अवस्थामा पोषिलो आहार बढी खानुपर्छ ।
  • सुत्केरी अवस्थामा साधारण व्यायाम गर्नुपर्छ ।
  • पाठेघर झरेको शंका लाग्नासाथ स्वास्थ्य संस्थामा गई सल्लाह लिनुपर्दछ । शुरुको अवस्था छ भने पनि अझ जटिल हुन नदिन गह्रुङ्गो भारी बोक्ने काम सकेसम्म गर्नु हु“दैन ।

पाठेघर झर्ने समस्याको उपचार
पाठेघर झरेको अवस्थालाई पाठेघरको स्थितिअनुसार ३ चरणमा वर्गीकरण गरिन्छ । जस्तै,

  • पाठेघर झरेको सामान्य अवस्था – योनीको भित्री मुखसम्म आएको,
  • पाठेघर झरेको मध्यम अवस्था – केही भाग योनीको बाहिरसम्म आएको 
  • पाठेघर झरेको पूर्ण अवस्था – सम्पूर्ण भाग योनीे बाहिरै निस्केको

यिनै स्थितिहरुको आधारमा पाठेघर झर्ने समस्याबाट पीडित महिलाको उपचार गरिन्छ । त्यसैले आफूलाई पाठेघरको स्थिति सामान्य अवस्थामा नभएको जस्तो लाग्छ र काम गर्दा असजिलो महसुस हुन्छ भने स्वास्थ्य कार्यकर्तास“ग उपचारको निमित्त सम्पर्क गरी हाल्नुपर्छ । पाठेघर झरेको सामान्य अवस्थाको उपचार सजिलै हुन्छ । यसबेला योनी खुम्च्याउने व्यायामले मात्र पनि पाठेघरलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ । यो व्यायामले पाठेघर र योनीको बरिपरिका मांसपेशीहरु बलिया हुन्छन् र पाठेघरलाई अड्याई राख्न सक्ने बनाउ“छ । यस्तोबेलामा रिङ्गपेशरी (रबरको चुरा) राखेर अस्थाई उपचार पनि गर्न सकिन्छ ।
शल्यक्रिया उपचार शल्यक्रिया वा अप्रेशन पाठेघर झर्ने समस्याको मुख्य उपचार विधि हो । यसमा पाठेघरलाई सिङ्गै काटेर झिकिन्छ । उपचारपछि सामान्य अवस्थामा सरह काम गर्न सकिन्छ । अप्रेशनपछि महिनावारी भने हँुदैन । बच्चा पाउने चाहना भएका महिलाले शल्यक्रिया गर्नुहँुदैन ।

समाज र परिवारको दायित्व यो समस्या विशेषगरी हाम्रो समुदायमा बच्चा जन्माउँदा या सुत्केरी भएको बेलामा महिलाले उचित स्याहार नपाउ“दा हुनजान्छ । त्यसैले सुत्केरीअवस्थामा महिलालाई पोषिलो खाना दिने, आराम गर्न दिने, गह्रौं भारी उठाउन नदिने जस्ता कुराहरुमा परिवारका अन्य सदस्यले विशेष ध्यान दिनुपर्दछ । त्यस्तै कम उमेरमा विवाह नगर्ने, धेरै सन्तान नजन्माउने कुरामा सचेत हुनुपर्छ । समस्याबाट पीडित महिलाहरुलाई हेयको दृष्टिले नहेरी समयमानै उपचार गराउन सहयोग गर्नुपर्दछ । परिवारमा लोग्नेको भूमिका धेरै महत्वपूर्ण हुन्छ ।

( लेखक—डा.गणेश दंगाल

काठमाण्डू मोडेल अस्पताल

प्रसुती तथा स्त्रीरोग विशेषज्ञ )

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ल्याव असिस्टेटका भरमा स्वास्थ्य प्रयोगशाला
Next article पोषणको ‘अर्थ’ र प्रश्नहरू

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

माशुले रोग निम्त्याउछ

माशुले रोग निम्त्याउछ

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

Leave a Reply Cancel reply

Timeline
Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

Jan 23rd 6:58 AM
समाचार

सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1022
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web