माशु खानमा विचार पुर्याउन सकिएन् भने यसले विभिन्न रोग समेत निम्त्याउछ । माशु प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रणबाट बनेको हुन्छ । त्यसैले स्वास्थ्यको दृष्टिले यसलाई पोसिलो खानेकुरा मानिन्छ । पोसिलो छ भन्दैमा सबैका लागि माशु राम्रो भने मानिदैन् । मोटो शरीर, रगतमा बढी कोलेस्ट्रोल तथा उच्चरक्तचाप भएका व्यक्तिले सकभर माशु नखानु नै राम्रो हुने सल्लाह चिकित्सकहरुको छ । उच्चरक्तचाप भएका व्यक्तिले बढी माशु खाएमा यसले भविश्यमा मुटुरोग हुने संभावना बढी हुने चिकित्सकहरु बताउछन् । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. करविरनाथ योगीका अनुसार मधुमेहका रोगीका लागि पनि माशु होइन् । धेरै वोसोयुक्त माशु स्वास्थ्यका दृष्टिले राम्रो मानिदैन् । काचो माशुले विभिन्न किसिमका जुका तथा रोगका जिवाणु सार्ने संभावना हुन्छ ।
त्यसैले काचो माशु खानु भन्दा राम्ररी पकाएको माशु मात्र खानु पर्छ । बढी माशु मात्र खादा कब्जियत हुने संभावना बढी हुने भएकाले माशुसंगै फलफुल, सलाद र अन्य खानेकरा पनि खानु स्वास्थ्यका दृष्टिले राम्रो हुने चिकित्सकहरुको सल्लाह छ । पशुपंछीको माशु खानु हुने वा नहुने भनी बध गर्नुभन्दा अगाडि र पछाडि राम्ररी निगरानी गर्नु पर्छ । गर्भवती। मरेको, वुसेलोसिस वा अन्य संक्रमण रोगहरु लगेका पशुपंछीको माशु खानु हुदैन् । त्यसैले माशु खादा सधै स्वास्थ्यका बिषयमा सचेत रहनु पर्छ । पोलेको माशु क्यान्सरका रोगीका लागि राम्रो मानिदैन । सेकुवा बढी खानेलाई क्यान्सर हुने संभावना बढी हुन्छ ।
Leave a Reply