हेल्थ टुडे
नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएर मात्र नहुने भएको छ । अब एमबीबीएस, नर्स जस्तै उनीहरूले पनि लाइसेन्सिङ परीक्षा पास हुनु पर्नेछ । सीएमए, एचए, रेडियोग्राफी, बीएमएलटी, सीएमएलटी, बीपीएच, एमपीएच, ल्याब असिस्टेन्टसहित गरी देशभरि करिब ८० हजार स्वास्थ्य व्यवसायी अहिलेसम्म दर्ताका भरमा काम गरिरहेका छन् ।
परिषद्ले छिट्टै लाइसेन्सिङ परीक्षा सुरु गर्न लागिएको परिषद्का अध्यक्ष दीपेन्द्र झा बताउँछन् । एकै पटक सबै विधाको परीक्षा लिन सम्भव नभएकाले एकएक गर्दै लाइसेन्सिङ परीक्षा सुरु गर्दै जाने उनी सुनाउँछन् । लाइसेन्सिङ परीक्षाले सेवाको गुणस्तरमा सहयोग पुग्ने र नक्कली स्वास्थ्यकर्र्मीको पहिचान हुन सहज हुने उनको ठम्याइँ छ ।
लाइसेन्सिङ परीक्षा कहिलेबाट गर्ने निर्णय चाँडै परिषद्ले गर्दैछ, उनले भने । यसका साथै परिषद्ले निकट भविष्यमै दर्ता र नवीकरणका लागि राजधानी नै आउनुपर्ने बाध्यता हटाउने भएको छ । अनलाइनमार्फत सबै कागजात पठाएपछि दर्ता नवीकरण गर्न सकिने व्यवस्थाले देशका कुनाकाप्चामा रहेका स्वास्थ्य व्यवसायी लाभान्वित हुने अध्यक्ष झा बताउँछन् । यो व्यवस्थाले दर्ता नै नगरी लुकेर बसेका व्यवसायीसमेत दर्ता प्रक्रियामा आउने छन् ।
Leave a Reply