हेल्थ टुडे
नेपाल मेडिकल काउन्सिलको सहयोगमा प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले नक्कली प्रमाणपत्रधारी चिकित्सक पक्राउ गरेर हिरासतमा लिन थालेपछि नक्कली प्रमाणपत्र पेस गरेका सयौं चिकित्सक गायव भएका छन् ।
उनीहरु मध्ये कोही छिमेकी भारत पुगेका छन् भने कोही बहाना बनाएर विदेश पुगेका छन् । यसरी पक्राउ परिने डरले गायव हुनेमा दाँतका डाक्टर बढी छन् । नेपाल मेडिकल काउन्सिलले काउन्सिलमा दर्ता भएका सबै चिकित्सकको प्रमाणपत्र छानविन गर्नु आवश्यक रहेको भन्दै ब्यूरोलाई कारवाही अगाडि बढाउन आग्रह गरेपछि चिकित्सक गायव हुन थालेका हुन । नेपाल डेन्टल एसोसिएसनका एक अधिकारीका अनुसार कुल दन्त चिकित्सक मध्ये ३० प्रतिसत नक्कली प्रमाणपत्रका आधारमा बिडिएस गरेर डेन्टल हस्पिटल र क्लिनिक चलाईरहेका छन् ।
प्रहरीको अप्रेसन देशभरि नै चलेपछि उनीहरुमध्ये अधिकांश भारत गरेका छन् । नाम चलेका डाक्टर पनि अहिले क्लिनिकमा भेट्न सकिदैन । चावहिलको डेन्टलमा भेटिएकी एक युवतीले भनिन, ‘उपचारका लागि क्लिनिकमा गयो भने आज डाक्टरसाप आउनु हुन्न भन्ने जवाफ मात्र पाइन्छ । कहाँ गए त ती डाक्टर ।’ यसरी गायव भएका डाक्टर मध्ये नाम चलेका दातका डाक्टर समेत रहेको डेन्टल एसोसिएसनका एक अधिकारीले बताए । गायव हुने डाक्टरहरुमध्ये बंगालादेश र चिनबाट एमविविएस पास गरेका बढी रहेका छन । निजी अस्पताल र क्लिनिक बाहेक कान्ति बाल अस्पताल, शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पतालमा पनि हिजोआज विभिन्न बहाना बनाएर विदामा बसेका डाक्टरको संख्या ठूलो रहेको ती अस्पताल प्रशासन साखाका अधिकारीले जानकारी दिएका छन । तर तिनले संख्या भने भन्न नसक्ने बताए ।
गायव भएका वरिष्ठ चिकित्सकहरुको नाम भने अहिले भन्न नमिल्ने ती अधिकारीले बताए । नक्कली प्रमाणपत्र छानविन काण्ड पछि अहिले सयौ चिकित्सकका मोवाइन अफ छन । कत्तिको फोन नै लाग्दैन । कति चिकित्सक अहिले काममा गइरहेका छैनन् भन्ने यकिन आकडा भने प्राप्त हुन सकेको छैन । वीर अस्पतालका एक स्वास्थ्यकर्मिका अनुसार पहिले क्लिनिक जान भनेर मुख देखाउदैनथिए । अहिले नक्कली भनेर पक्राउ परिएला भनेर २० प्रतिसत जति चिकित्सक अस्पताल आउने गरेका छैनन । गत हप्ता प्रहरीले पक्राउ गरेका ३७ जना चिकित्सक मध्ये १२ जना सरकारी सेवाका थिए । त्यसमा वीर अस्पतालका चिकित्सक पनि परेका छन ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटाले काउन्सिलमा दर्ता भएका १७ हजार चिकित्सक कै प्रमाणपत्र छानविन हुने र यसबाट कोही उम्कन नमिल्ने बताए । उनले भने, ‘यो गर्नु आवश्यक थियो । अहिले नगरेको भए यसले भोली भयंकर रुप लिन्थ्यो । ’
Leave a Reply