• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 28th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

जर्मन सहयोगमा नुवाकोटमा पहिलो प्रिफ्याब अस्पताल

June 21st, 2016 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे
जर्मन सरकारको सहयोगमा नुवाकोटमा पहिलो प्रिफ्याव अस्पताल भवन निर्माण सम्पन्न भएको छ । गत वर्षको भूकम्पले त्रिशुलीमा रहेको नुवाकोट जिल्ला अस्पताल भवन पूर्णरुपमा क्षतिग्रस्त भएपछि अस्थायी टेन्ट मुनी राखेर विरामीको उपचार भइरहेको थियो ।
जर्मन संघिय आर्थिक सहयोग तथा विकाश मन्त्रालयको आर्थिक सहयोगमा जिआईजेडले नेपालमै पहिलो पटक नुवकोटमा प्रिफ्याव भवन बनाइदिएको हो । एक करोड २० लाखको लागतमा निर्माण भएको अस्पताल भवनको एक कार्यक्रमबिच स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. पदमबहादुर चन्द र नेपालका लागि जर्मनका राजदूत माथियस मेयेरले संयुक्त रुपमा उद्घाटन गरे ।
१७ कोठे उक्त भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. चन्दले दैविक विपत्तीका बेला जर्मन सरकारले मानविय सहयोगको हात अगाडि बढाएकोमा आभार व्यक्त गर्दै नयाँ अस्पताल भवनले गुणस्तरीय उपचारमा ध्यान दिनु पर्ने बताए । चन्दले भने, ‘नाकाबन्दी र आन्दोलनका कारण भूकम्पले ढलेका अस्पताल अझै निर्माण हुन नसकिरहेको बेला जर्मन सरकारले पहिलो प्रिफ्याब भवन बनाइदिएर ठूलो गुन लगाएको छ ।’ नेपालका लागि जर्मनीका राजदुत मेयेरले पाँच महिनाको छोटो समयमा भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्न सकेकोमा खुशी व्यक्त गर्दै धादिङ, रसुवा र नुवकोटमा गरि ३८ वटा प्रिफ्याव स्वास्थ्य चौकी निर्माण भइरहेको जानकारी दिए ।
कार्यक्रममा नुवकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, जिल्ला अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. सूर्यप्रसाद भुसाल, स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ लगायतका नयाँ भवनले नुवकोटका मात्र नभएर रसुवा र धादिडका विरामीले पनि सहज उपचार पाउने बताए । यो अस्पतालमा प्रयोग हुने उपकरण आन्ड्रा नेपालले उपकरण उपलब्ध गराउन सहयोग गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत
Next article ब्रस गर्दैमा मुख स्वस्थ हुन्न

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

स्वास्थ्य व्यवसायीको लाइसेन्सिङ परीक्षा छिट्टै

स्वास्थ्य व्यवसायीको लाइसेन्सिङ परीक्षा छिट्टै

Leave a Reply Cancel reply

Timeline
Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1026
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web