• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 21st, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

सुर्खेतमा किन बढे किशोरी आमाहरु

December 15th, 2017 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुर्खेतमा किन बढे किशोरी आमाहरु

सुर्खेत, २९ मंसिर : सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ । बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ । उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो । वर्षेनी २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको संख्या बढ्दो क्रममा रहेको देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा देखिएको छ । वर्षेनी तीन हजारभन्दा बढी किशोरी आमा बनेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३÷७४ मा नौ हजार ६७९ जनाले विभिन्न स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएका थिए, जसमध्ये तीन हजार २९ किशोरी रहेका छन् ।त्यसैगरी, आव २०७२÷७३ मा पनि झण्डै तीन हजार किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आएका थिए । कार्यालयको तथ्यांकअनुसार दुई हजार ८५१ ले प्रसूति सेवा लिएका थिए । बढ्दो बालविवाहका कारण आमा बन्ने महिलाको संख्यामा वृद्धि भएको छ, जसका कारण आमाको ज्यान जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय, सुर्खेतका सूचना अधिकृत वसन्तमान श्रेष्ठले जानकारी दिनुभयो । “कम उमेरमा विवाह गर्ने र चाँडै आमा बन्ने हुँदा किशोरीको ज्यान जोखिममा रहेको छ”, सूचना अधिकारी श्रेष्ठ भन्नुहुन्छ, “जसका कारण यस्ता किशोरी घरेलु हिंसाको शिकार हुन बाध्य भएका छन् ।”

त्यसैगरी, गर्भवती जाँच गर्न आउने किशोरीको संख्या पनि उत्तिकै रहेको छ । आव २०७३÷७४ मा चारपटक गर्भ जाँच गर्नेको संख्या छ हजार ७५६ रहेकामा चार हजार ७६९ जना २० वर्ष मुनिका रहेका छन् । यस्तै, ‘आव २०७२÷७३ मा आठ हजार ५६७ ले पहिलोपटक गर्भ जाँच गराएकामा झण्डै तीन हजारजना २० वर्ष मुनिका रहेका छन् । गर्भवती किशोरी जाँच गर्न कमै आउने गरेको सूचना अधिकारी श्रेष्ठ बताउनुहुन्छ । लाजका कारण पनि किशोरी गर्भ जाँच गर्न नआउने कारणले उनीहरुको स्वास्थ्यमा जोखिम हुने श्रेष्ठले बताउनुभयो । यसले गर्दा किशोरीको प्रसूति अवस्थामा विभिन्न जटिलता आउने गरेको श्रेष्ठको भनाइ थियो । यसले जिल्लामा बालविवाह गर्नेको संख्या पनि ठूलो रहेको देखाउँछ ।

बालविवाह अन्त्यका लागि विगत लामो समयदेखि जिल्लामा विभिन्न कार्यक्रम भइरहेका छन् । तर, पनि बालविवाहमा कमी आउन सकेको छैन । सरकारी तथा गैरसरकारी निकायबाट पनि बालविवाहविरुद्धका अभियान सञ्चालन भइरहेका छन् । बालविवाहविरुद्ध काम गर्ने संघसंस्थाले बालविवाह न्यूनीकरण भएको दाबी गरिरहे पनि अवस्था उस्तै रहेको अस्पतालको तथ्यांकबाट प्रष्ट हुन आउँछ । जिल्लामा उपचार गरिएका जटिल प्रकारका उपचार गराउनेमध्ये अधिकांश २० वर्ष नपुग्दै बच्चा जन्माउने किशोरी आमा रहेका छन् । कार्यालयका अनुसार कम उमेरमा बच्चा जन्माउँदा जिल्लामा शिशु मृत्युदरसमेत बढेको छ । कम उमेरमा विवाह गरेर किशोरी आमा बन्नुमा अन्धविश्वास र सामाजिक परम्परा प्रमुख कारण रहेको सूचना अधिकारी श्रेष्ठको भनाइ थियो ।

सामाजिक संस्कार तथा मूल्य मान्यताका कारण यसमा प्रत्यक्ष असर परेको उनी बताउँछन् । यस्तो गलत संस्कारको अन्त्यका लागि जनचेतनाको आवश्यकता रहेको महिला अधिकारकर्मी संगीता वलीको भनाइ छ । परिवार नियोजनका अस्थायी साधनबारे राम्रो जानकारी नहुँदा पनि कम उमेरमै बच्चा जन्माउने गरेको पाइएको उहाँको भनाइ छ । बालविवाहको कारण अन्य पारिवारिक जिम्मेवारी बढ्ने, मानसिक तनाव बढ्ने, स्वतन्त्रताको कमी हुनेजस्ता सामाजिक बन्धनले गर्दा यस्ता किशोरीमा डिप्रेसन (मानसिक चिन्ता) हुन सक्ने तथा किशोरावस्थामा नै गर्भवती हुनुपरेमा गर्भको जटिलता बढी हुने चिकित्सक बताउँछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सातवटै प्रदेशमा कति चाहिन्छन् विशेषज्ञ डाक्टर
Next article नँया प्रविधिले उपचार छिटो र भरपर्दो बन्दै

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

माशुले रोग निम्त्याउछ

माशुले रोग निम्त्याउछ

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

Leave a Reply Cancel reply

Timeline
Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

Jan 23rd 6:58 AM
समाचार

सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1020
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

7
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web