• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 27th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

उमेर ढल्केका यौनकर्मी युवायुवतीको बिचौलिया

January 17th, 2018 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उमेर ढल्केका यौनकर्मी युवायुवतीको बिचौलिया

सन्ध्या केसी,

तपाईलाई फेसबुकमा कुनै अपिरिचित केटीले वा केटाले फ्रेण्ड रिक्वोइस्ट पठायो भने सिधै एसेप्ट नगरिहाल्नुस । उसको प्रोफाइल हेर्नुहोस, एक पटक । उसको ठेगाना, उसका साथीहरु, उसले पहिले गरेका पोष्टहरु यी सबै हेरेपछि चित्त बुझे मात्र एसेप्ट गर्नु होस । नचिनेका केटा वा केटी सिधै सिक्वोइस्ट एसेप्ट गर्दा तपाईको फ्रेण्ड यौन व्यवसायी पनि पर्न सक्ने संभावना छ । किनकी अचेल मध्यस्थकर्तामार्फत हुने अधिकांश यौन व्यवसाय सामाजिक सञ्जाल (इन्टरनेट) र मोवाइलको सहायताले हुन थालेको छ । फेस बुकका पहिले हलोहाई भन्ने बिस्तारै पारिवारिक र आर्थिक अवस्थासम्म कुराकानी हुने र पछि फोन मार्फत भेट्ने कुरासम्म पुग्ने गरेको एक यौन व्यवसायी बताउछन । यौन व्यवसायमा लागेका महिला वा पुरुष फेस वुक वा इन्टरनेटको माध्यमबाट मोलमोलाई देखि भेट्ने स्थानसम्मका कुरा तय गर्छन । यसरी समाजिक सञ्जाल मार्फत व्यवसाय चल्न थालेपछि यो व्यवसायमा बिचौलियाको प्रभाव घट्दै गइरहेको छ ।

उमेर ढल्केका केही यौनकर्मी अझै पनि युवायुवतीको बिचौलिया बनेर कमाई गरिरहेका पनि छन । तर तिनीहरुको संख्या एकदमै कम छ अहिले । बिचौलियाका कारण पहिले उनीहरूको आम्दानी कम हुन्थ्यो । आधाआधा गर्नु पर्दथ्यो । तर अहिले मोबाइल, इन्टरनेटको सहयोगले सीधै ग्राहकसम्म पहुँच पुगेको छ । पढेलेखेकाले त अहिले ग्राहकसंग विदेशबाट गिफ्टसमेत मगाउँछन् । राजधानीका तारेहोटेलदेखि डान्सबारसम्म, गेस्ट हाउसदेखि भट्टीसम्म, बसपार्कदेखि सडकपेटीसम्म यौन व्यवसाय फस्टाउदो छ । यो व्यवसायको स्थान, शैली परिवर्तन भइरहेको होला पेसा परिवर्तन भएको छैन । मध्यस्थकर्तामार्फत हुने अधिकांश यौन व्यवसाय अहिले सामाजिक सञ्जाल (इन्टरनेट) र मोवाइलको सहायताले हुन थालेको छ ।

ग्लोबल फन्डले गरेको आईबीबीएस (इन्टिग्रेटेड बायोलोजिकल एन्ड बिहेवियरल सर्भिलेन्स) सर्भेक्षणले राजधानीमा मात्र ३० हजार यौनकर्मी महिला रहेको औंल्याएको छ । तर त्यसको दुई गुना बढी महिला यौन व्यवसायमा रहेको यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत संस्था जागृति महिला महासंघको दाबी छ । पुरुष यौनकर्मीको संख्या पनि त्यो भन्दा बढी रहेको महासंघको अनुमान छ । यौन व्यवसायीको क्षेत्रमा कार्यरत महिला अगुवाहरूका अनुसार नेपालमा पाँच प्रकारका यौनकर्मी छन् । पहिलो श्रेणीका यौनकर्मी जो महंगा गाडी चढ्छन् । उच्च घरानाका उनीहरू बाहिर कमैमात्र देखिन्छन् । उनीहरूका पार्टनर पनि उच्च ओहदाकै हुन्छ । ती यौनकर्मिको कमाइ महिनामा कम्तिमा डेढदेखि दुई लाखसम्म हुन्छ । दोस्रो श्रेणीका यौन व्यवसायी जो सम्पर्कका आधारमा मात्र व्यवसाय गर्छन् । ठूलठूला होटेलको सम्पर्कमा हुन्छन् । होटेलले सम्पर्क गरे मात्र उनीहरु व्यवसायमा जान्छन् । उनीहरू ग्राहक खोज्दै हिँड्दैनन् । सधैं व्यस्त पनि हुँदैनन् । उनीहरु थोरै समयमा मनग्यै कमाउँछन् । उनीहरूको कमाइ महिनामा एक लाख देखि डेढ लाख आसपास हुन्छ । तेस्रो प्रकारका यौन व्यवसायी जो डान्सबार, गेस्ट हाउसलाई आफ्नो सम्पर्क स्थान बनाएर व्यवसाय गर्छन् ।

उनीहरू डान्सबारलाई सम्पर्क स्थान बनाएर मोबाइलमार्फत सम्पर्क गरेर ग्राहकले बोलाएको स्थानमा पुग्छन् वा आफुले बोलाउँछन् । उनीहरूको कमाइ महिनामा ५० हजारदेखि एक लाखको आसपासमा हुन्छ । यसमा पनि यौनकर्मिको उमेर, , सुन्दरता, क्षमता, अनुभव, सम्पर्कका आधारमा कसैले यो भन्दा बढी पनि कमाउछन् । चौथौ प्रकारका यौन व्यवसायी भनेका ग्राहक फेर्दै र खोज्दै हिँड्दैनन् । उनीहरूका नियमित ग्राहक एउटै हुन्छन् । उसैबाट तिनीहरूले आफ्ना सबैजसो आवश्यकता पूर्ति गर्छन् । लामो समयपछि मात्र सहमतिमा उनीहरू पार्टनर परिवर्तन गर्छन् । उनीहरूको कमाइ पुग्ने जति हुन्छ । धेरै हुदैन । घरव्यवहार चलाउन पुग्ने हुन्छ । र पाँचौं किसिमका यौनकर्मी उमेर ढल्कदै गएका हुन्छन् । थोरै पैसाका लागि पनि उनीहरू यौन बेच्न तयार हुन्छन् । सडकपेटीमा, भट्टीमा उनीहरू सय, पचास रुपैयाँ कमाउनका लागि समेत राजी हुन्छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्भवती भएको यो हो गतिलो प्रमाण
Next article यौनकर्मीमा एचआईभीको जोखिम बढी

Health Today Nepal

Related Posts

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

किसोरकिसोरी भन्छन, कण्डम लगाएर मज्जा नै आउदैन

किसोरकिसोरी भन्छन, कण्डम लगाएर मज्जा नै आउदैन

Leave a Reply Cancel reply

Timeline
Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1023
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web