• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जनताको स्वस्थ्यका लागि सार्कका चिकित्सकसंग सहकार्य गरिने

June 24th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जनताको स्वस्थ्यका लागि सार्कका चिकित्सकसंग सहकार्य गरिने

काठमाडौँ, १० असारः उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपालले आँखाको स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गर्न सकेको बताउनुभएको छ ।
राजधानीमा सञ्चालन भइरहेको १४ औँ सार्कस्तरीय नेत्र स्वास्थ्य विज्ञान सम्बन्धी सम्मेलनमा भाग दिन आएका पाकिस्तानका नेत्ररोग विशेषज्ञहरुको सम्मानमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले शनिबार काठमाडौंमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री यादवले नेत्र रोगको उपचारका लागि अस्पताल तथा जनशक्तिमा नेपालले हासिल गरेको उपलब्धि छिमेकी मुलुकका लागि पनि उपयोगी बन्नसक्ने धारणा राख्नुभयो ।
उहाँले दक्षिण एसियाली क्षेत्रका जनताको स्वस्थ्य जीवनका लागि सार्कका चिकित्सकहरु बीच सहकार्य अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै नेपाल–पाकिस्तान बीचको मैत्री सम्बन्धलाई आगामी दिनमा अझ विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो ।
सो अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत डा मजार जावेदले दुई देशका चिकित्सकहरुबीच प्रँविधिक ज्ञानको आदानप्रदानले परम्परागत मैत्री सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा संघका अध्यक्ष हिमालय शमशेर राणा र महासचिव मन्जुरत्न शाक्यले नेपाल—पाकिस्तान बीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सात वर्षदेखि वर्षमा दुईपटक यस किसिमका स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा शिक्षा विधेयक संशोधन नगर्न माग गर्दै धर्ना
Next article मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गरिने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133411
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

76
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

63
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web