• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गरीब तथा विपन्न वर्गका बिरामीको निःशुल्क उपचार

August 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गरीब तथा विपन्न वर्गका बिरामीको निःशुल्क उपचार

बुटवल, २७ साउनः बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा एक वर्षको अवधिमा एक हजार १५९ गरीब तथा विपन्न वर्गका बिरामीले निःशुल्क उपचार गराएका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा निःशुल्क सेवाका लागि सरकारबाट प्राप्त सहयोग र अस्पताल आफैँले उपलब्ध गराएको निःशुल्क सेवाबाट बिरामीले सो सुविधा प्राप्त गरेका हुन् ।
निःशुल्क उपचारका लागि मुटु र मिर्गौलाको उपचारमा सरकारले उपलब्ध गराउँदै आएको सहयोग र अस्पतालबाट गरी रु छ करोड ९९ लाख ८९ हजार ४०६ बराबरको खर्च ब्यहोरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो ।
आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुनु नपरोस् भनेर अस्पतालले आर्थिक अवस्था अत्यन्त कमजोर भएका बिरामीलाई निःशुल्क उपचार गर्दै आएकामा ५१६ जनाले सो सुविधा उपभोग गरेका थिए । मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा निःशुल्क उपलब्ध गराउँदै आएकामा सबैभन्दा धेरै ३३१ मिर्गौलाका बिरामीले रु चार करोड, सात लाख ५२ हजार ५०० बराबरको नियमित डायलाइसिस सेवा लिएको अस्पतालले जनाएको छ
त्यस्तै ३१२ जना मुटुका बिरामीले सरकारले उपलब्ध गराएको निःशुल्क सेवा लिएका छन् । मुटुका बिरामीका लागि रु दुई करोड, २४ लाख ९४ हजार २११ बराबरको निःशुल्क उपचार बापत खर्च गरिएको अस्पतालले जनाएको छ । २०७० सालमा स्थापना भएको उक्त अस्पतालमा मुटुको क्याथल्याब सेवासहित १७ वटा डायलोसिस उपकरण सञ्चालित छन् ।

स्थानीय उद्योगी तथा व्यवसायीको सक्रियतामा गैर नाफामुखी रुपमा सञ्चालनमा आएको सो अस्पतालमा पछिल्लो समय विभिन्न रोटरी क्लबमार्फत रोटरी फाउण्डेसनले सहयोग उपलब्ध गराउँदै आएको छ ।
बुटवलमा विशेषज्ञ सेवा सहितको क्लाथल्याब सञ्चालनमा आएपछि मुटुको एन्जीयोग्राम, एन्जीयोप्लाष्ट र पेशमेकर राख्ने कार्यका लागि थोरै भए पनि बुटवल बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा समिर गौतमले जानकारी दिनुभयो ।

रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जटिल प्रसूति सेवा बन्द
Next article भदौ १ देखि लागु हुने कानून संसोधन नभए विरामी नजाच्ने चेतावनी 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133312
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web