पर्वत, १६ असोजः सदरमुकाम कुश्मामा निजी क्षेत्रको लगानीमा पहिलो अस्पताल सञ्चालनमा आएको छ ।
निजी क्षेत्रको लगानीमा २५ श्याको शान्तिदीप हस्पिटलले मङ्गलबारदेखि सेवा शुरु गरेको हो । अस्पतालले आज बिहान एक औपचारिक कार्यक्रम गरी स्थानीय जेष्ठ नागरिक तथा समाजसेबी पम्फे परियारबाट उद्घाटन गराएको छ ।
नागरिकले सरकारी लगानीमै सञ्चालित जिल्ला अस्पतालमा पर्याप्त सेवा पाउन नसकेका बेला निजी क्षेत्रले आधुनिक सुविधा सहित अस्पताल सञ्चालनमा ल्याएपछि यस क्षेत्रका बासिन्दा लाभान्वित हुने भएका छन् । सुविधा सम्पन्न अस्पताल नभएका कारण यहाँका बिरामी पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता थियो । जटिल रोगका बिरामीबाहेक बढीजसो सुविधा यसै अस्पतालमा उपलब्ध रहेको अस्पतालका प्रबन्ध निर्देशक सुनिता कुँवरले जानकारी दिनुभयो ।
उहाँले चौबीसै घण्टा सेवा दिइने अस्पतालमा एमबिबिएस डाक्टरसहितको अनुभवी टोलीले स्वास्थ्य परीक्षण गर्ने बताउनुभयो । अस्पतालका अध्यक्ष दीपेन्द्र हमालका अनुसार आधुनिक ल्याब, भिडियो एक्सरे सेवा, इमर्जेन्सी सेवा, काठमाडाँै पोखराबाट आउने विशेषज्ञ डाक्टरका सेवा, मुटु जाँच, गुणस्तरीय फार्मेसी, डेन्टल सम्बन्धी सेवा प्रदान गरिने छ ।
जिल्लामा नै पहिलो पटक अत्याधुनिक डिजिटल प्रविधिको एक्सरे सेवासमेत सञ्चालन गरिएको बताइएको छ । ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता र छुट दिने समेत अस्पतालले जनाएको छ । सामान्य तथा जटिल प्रकृतिका शल्यक्रिया सेवा पनि सञ्चालन गर्ने योजना रहेको जनाइएको छ । जिल्लामा यसअघि १५ श्याको सरकारी अस्पताल सञ्चालनमा छ ।
निजी क्षेत्रको लगानीमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा

Leave a Reply