हेल्थ टुडे,
काठमाडौं, २२ पुष : नेपाल जनस्वास्थ्य संघ प्रदेश नम्बर ३ को अध्यक्षमा सतिश विष्ट वियजी भएका छन् । अध्यक्षका अर्का उम्मेदवार डा.किशोर अधिकारीलाई ७ मतले पछि पार्दै विष्ट बिजयी भएका हुन । विष्टले एक सय १४ मत ल्याएका छन भने निकटतम प्रतिस्पर्धी अधिकारीले एकसय ७ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा कुञ्जना पाण्डे विजयी भएकी छन् । अम्बिका बानियालाई १५ मतले पछि पार्दै उनी विजयी भएकी हुन् । विजयी भएकी पाण्डेको मत पनि ११४ छ । सचिवमा आशिष तिमल्सिना १२३ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी निर्मल घिमिरेले ९० मत प्राप्त गरे । यस्तै सहसचिवमा सुजन श्रेष्ठले ११० मतका साथ विजयी भएका छन् भने निकटतम बासुदेव सापकोटाले ७४ मत प्राप्त गरेका थिए । यस्तै कोषाध्यक्षमा सुदीप आले मगर १३१ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धाी तिर्थ लक्ष्मी महर्जनले ७४ मत मात्रै प्राप्त गरेकी थिइन । सदस्यहरुमा खुल्ला तर्फ असिम सुवेदी (१२३), विवेक वल्ल (१२३), भुवन थापा (११९) सुपेन्द्र कार्की (११८) मत सहित विजयी भएका छन् । यस्तै समावेशी तर्फ मेरिना महर्जन १२७ मत र रस्मिता न्यायायु १११ मतका साथ विजयी भएका छन् ।
Leave a Reply