हेल्थ टुडे,
भक्तपुर, २ माघ : मध्यपुर थिमी नगरपालिका,गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी हस्पिटल टिचिङ हस्पिटलमा बुधबारदेखि अत्याधुनिक सिटी स्क्यान सेवा सुरु भएको छ । सिटी स्क्यान सेवाको पूर्व उद्योग मन्त्री एवं भक्तपुरका सभासद् महेश बस्नेतले एक समारोहबिच उद्घाटन गरेका हुन । समारोहमा नागरिक कम्युनिटी हस्पिटल टिचिङ हस्पिटलका प्रवन्ध निर्देशक नागेन्द्र झाले हस्पिटलले स्थापनाको आठ वर्षपछि अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै यो सेवा प्रारम्भ भएपछि हस्पिटलको सेवा थप प्रभावकारी हुने दाबी गरे । उनले हस्पिटलले निकट भविश्यमै मिर्गौला फेल भएका विरामीहरुको आवश्यकतालाई ध्यानमा राखेर हेमोडाइलासिस सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । पूर्व मन्त्री एवं सांसद बस्नेतले हस्पिटलले उपचार सेवा सुधिवा थप गर्दै लैजानु स्थानियवासीका लागि सुखद भएको बताउदै सिटी स्क्यान सेवाबाट धेरैले गुणस्तरीय उपचार सेवा पाउने विश्वास व्यक्त गरे । नागरिक कम्युनिटी हस्पिटल टिचिङ हस्पिटलका बित्त निर्देशक भुवन जोशीले हस्पिटलले नाफाभन्दा पनि सर्वसुलभ रुपमा गुणस्तरीय सेवालाई पहिलो प्राथमिकता दिएर अगाडि बढीरहेको बताए ।
Leave a Reply