हेल्थ टुडे,
काठमाडौं, २४ पुष : लक्ष्मी बैंकका सेवाग्राहीले स्टार हस्पिटलमा उपचार गराउँदा आकर्षक छुट पाउने भएका छन् । स्टार हस्पिटल, सानेपा, ललितपुर र लक्ष्मी बैँक, काठमाडौँबिच एकआपसमा सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा स्टार हस्पिटलका तर्फबाट अस्पतालका सिईओ डा.सन्देश जिसी र लक्ष्मी बैँकका तर्फबाट सिईओ अजय शाहले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार स्टार हस्पिटलले लक्ष्मी बैँकका कर्मचारी तथा डेविट कार्ड वा क्रेडिट कार्ड भएका बैँकका सेवाग्राहीहरुलाई हस्पिटलमा स्वास्थ्य जाँच तथा भर्ना भई उपचार गराउँदा हस्पिटलले लिदैँ आएको नियमित शुल्कमा आकर्षक छुट प्रदान गर्ने छ । छुट सुविधा प्राप्त गर्न सेवाग्राही तथा कर्मचारीहरुले बैँकको डेविट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्ने अस्पतालले जनाएको छ ।
Leave a Reply