• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 27th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

यी हुन् मुखको क्यान्सर हुनुका कारण,कसरी बच्ने ?

February 22nd, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन् मुखको क्यान्सर हुनुका कारण,कसरी बच्ने ?

डा.रश्मी पुन गुरुङ क्यान्सररोग विशेषज्ञ
काठमाडौ,फागुन ।

मुखका अंग तथा तन्तुका कोषको अस्वाभाविक र अनियन्त्रित वृद्धि हुनु मुखको क्यान्सर (अर्बुदरोग) हो । कोष वृद्धिका कारण हुने गिर्खा हटाउँदा पनि झन् बढ्नु र घाउ–खटिरा आउनु क्यान्सरका लक्षण हुन् । मुखको क्यान्सर अर्थात् ओठ, जिब्रो, जिब्रोमुनिको भाग, गालाको भित्री भाग र तालुमा घाउ हुने गर्छ ।
बढी कसलाई ?
सामान्यतया महिलाको तुलनामा पुरुषमा मुखको क्यान्सर बढी देखिने गरेको छ । जुनसुकै उमेरका मानिसमा मुखको क्यान्सर हुन सक्ने भए पनि नेपालको सन्दर्भमा धेरैजसो क्यान्सरपीडित ४० वर्षमाथिका उमेरका व्यक्ति भएको पाइन्छ ।
कारण
–मुखको क्यान्सर हुनुका विभिन्न कारण छन् । जसमध्ये पनि धूम्रपान र मद्यपान सेवन यसका मुख्य कारण हुन् ।
–खासगरी, निकोटिनयुक्त पदार्थ सेवन गर्ने मानिसमा मुखको क्यान्सर भएको पाइन्छ ।
–धुवाँको रूपमा प्रयोग गरिने सुर्तीजन्य पदार्थभन्दा पनि मुखमा राखेर खाइने सुर्तीजन्य पदार्थहरू तुलनात्मक रूपमा बढी
हानिकारक हुन्छन् । त्यस्तै, मद्यपान गर्ने मानिसमा पनि मुखको क्यान्सर हुने सम्भावना अत्यधिक हुन्छ । अध्ययनअनुसार सुर्तीजन्यसँगै मदिराजन्य पदार्थको सेवन गर्दा १५ प्रतिशत मुखको क्यान्सर हुने सम्भावना थपिन्छ ।
–भाइरसको संक्रमणबाट पनि मुखको क्यान्सर हुने गर्छ । एचपिबी १६ नामक भाइरसका कारण मुखमा संक्रमण भई क्यान्सर हुन्छ ।
–रोगप्रतिरोधी क्षमता कम भएका मानिसमा पनि क्यान्सर हुने सम्भावना बढी रहन्छ ।
–पोषणको कमी, चोटपटक, मुखको कम सरसफाइ आदिजस्ता विभिन्न कारणले मुखमा क्यान्सर हुन्छ ।
–विकिरणका कारणसमेत कतिपय अवस्थामा मुखको क्यान्सर हुन्छ । अल्ट्राभाइलेट, आयोनाइजिङ विकिरण, एक्स–रे र सूर्यको प्रकाशले पनि छाला तथा ओठमा क्यान्सर गराउन सक्छ ।
–वंशाणुगत गुणका कारणले पनि क्यान्सर हुने सम्भावना हुन्छ । तर, यो ज्यादै कम प्रतिशत मात्र हुन्छ ।
लक्षण
–मुखका अंगहरूमा घाउ देखा पर्नु, निको नहुनु र दुखिरहनु ।
– कान दुख्ने, स्वरमा परिवर्तन हुनेजस्ता समस्या देखा पर्नु ।
–घाँटीमा गिर्खा पलाउने र घाँटी दुख्नेजस्ता समस्या देखिनु ।
–मुख र गिजामा घाउ आई रक्तश्राव हुने, खाना खान अप्ठयारो हुने, विनाकारण दाँत झर्ने हुन्छ ।
क्यान्सर भइसकेपछि मानिस कमजोर देखिने, रक्तअल्पता हुनेजस्ता अन्य समस्यासमेत देखिन्छन् ।

रोकथाम र उपचार
–सर्वप्रथम त मुखको सरसफाइमा ध्यान दिनुपर्छ । त्यस्तै, धूम्रपान, मध्यपानसँगै सुपारी, पान, गुट्खा पनि सकभर खानुहुँदैन । क्यान्सरका लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।
–सामान्यतया क्यान्सर चार चरणमा हुने गर्छ । पहिलो चरणको क्यान्सर भएमा शल्यक्रियाको माध्यमबाट यसको उपचार गर्न सकिन्छ । यदि क्यान्सर तेस्रो र चौथो चरणमा पुगिसकको भए यसको उपचार रेडिएसन र किमोथेरापीको माध्यमले गर्न सकिन्छ ।(नयाँ पत्रिका दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article थप ५ अस्पताल केन्द्रिय सरकार मातहत (नामसहित)
Next article सरकारी चिकित्सकको आन्दोलन जारी, आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार

Health Today Nepal

Related Posts

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

Leave a Reply Cancel reply

Timeline
Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1022
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web