पदमराज जोशी,
काठमाडौं, १५ फागुन : सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि एयर एम्बुलेन्स मार्फत भारतको मेदान्त हस्पिटल लैजाने तयारी भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आईसियूमा उपचार गराइरहेका प्रदेश प्रमुख मल्लालाई कडा निमोनिया भएपछि धनगढीबाट फागुन ५ गते काठमाडौं ल्याइएको थियो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्काले मल्ललाई आजै एयर एम्बुलेन्सबाट नयाँ दिल्लीस्थित मेदान्त हस्पिटल लैजाने तयारी भइरहेको बताए । डा. खड्काले भने, ‘अक्सिजन सेचुरेशन मेन्टन गर्न सकिरहनु भएको छैन् । र ह्वाइट ब्लड सेल्स पनि कम देखिएको छ । त्यसैले थप उपचारका लागि मेदान्त लैजान थालिएको हो । ’ कडा निमोनिया भएपछि मल्ललाई पहिले धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार गरिएको थियो । त्यहा स्वास्थ्यमा सुधार भएपछि उनलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । मल्ललाई सुरुमा मनमोन कार्डियो भास्कुलर एण्ड थोसासिस सेन्टरमा भर्ना गरिएको थियो । त्यहाँबाट केही दिन अघि उनलाई टिचिङ हस्पिटलको आईसियू १ मा सारिएको थियो । ७० बर्षिय मल्लको शारिरीक अवस्था कमजोर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन । उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ ।
Leave a Reply