बझाङ,८ फागुन ।
सुदूरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयले प्रदेशको दुर्गम जिल्ला बझाङमा दुईदिने आयुर्वेदसहितको स्वास्थ्य शिविर सञ्चालन गर्दैछ । मन्त्रालयले बझाङ जिल्लाको तल्कोट गाउँपालिकामा फागुन १० र ११ गते दुर्गम ठाउँमा आयुर्वेदसहितको बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा बालरोग,स्त्री रोग,दन्त रोग,आँखा रोग,आयुर्वेद र जनरल स्वास्थ्य सेवा उपलब्ध हुने मन्त्रालयले निकालेको सुचनामा उल्लेख छ । शिविरबाट तल्कोट गाउँपालिका लगायत आसपास क्षेत्रका जनता लाभाम्बित हुने सामाजिक विकास मन्त्रालयको विश्वास छ ।
सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा आयुर्वेदसहितको स्वास्थ्य शिविर सञ्चालन गर्दै

Leave a Reply