पर्वत,८ फागुन । पर्वत जिल्ला अस्पतालमा थाइराइड परीक्षण सेवा शुरु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) रुसले थाइराइड परीक्षणका लागि अत्याधुनिक उपकरण उपलब्ध गराएपछि अस्पतालले थाइराइड परीक्षण सुविधा शुरु भएको हो ।
यसअघि थाइराइड परीक्षणका लागि जिल्लाबासीले हजारौँ खर्च गरेर परीक्षणका लागि पोखरा जानुपर्ने बाध्यता थियो ।
पर्वतवासीका लागि स्वास्थ्य सेवा लिन सहयोग पुगोस् भनेर नयाँ उपकरण सहयोग गरेको एनआरएनएका रुस अध्यक्ष रामेश्वर गौतमले जानकारी दिए ।
अस्पताललाई उपकरण हस्तान्तरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशभित्रका सबै सामुदायिक अस्पतालमा स्मार्ट हेल्थ केयर सुविधा पु¥याउने लक्ष्य राखेको जानकारी दिए ।
उनले अस्पताल पुगेपछि बिरामीका लागि आवश्यक र क्षमता अनुसारको सबै सुविधा उपलब्ध गराउँदै स्मार्ट हेल्थ केयरको सुविधा दिने तयारी भईरहेको जानकारी दिए ।(रासस)
Leave a Reply