• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

पुरुषहरु किन बन्ध्याकरण गराउँदैनन् ? यस्तो छ कारण

February 23rd, 2019 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पुरुषहरु किन बन्ध्याकरण गराउँदैनन् ? यस्तो छ कारण

काठमाडौ,११ फागुन । अन्य क्षेत्रभन्दा शहरी र पहाडी क्षेत्रका पुरुषले नै भ्यासेक्टोमी गर्ने गरेको तथ्याङ्कले देखाएको परिवार नियोजनको क्षेत्रमा कार्यरत अधिकारीहरूले बताएका छन्। स्थायी बन्ध्याकरण गरेपछि स्वास्थ्यमा नकारात्मक असर पर्ने र त्यसले गर्दा काम गर्न गाह्रो हुने बुझाइका कारण पुरुषहरू स्थायी बन्ध्याकरण गर्न नरुचाउने गरेको बताइन्छ।

परिवार नियोजन सङ्घका एकजना चिकित्सक डा.ओम महर्जनका अनुसार स्थायी बन्धयाकरण गर्न चाहने पुरुषको सङ्ख्या स्थान अनुसार फरक पर्छ। ‘हाम्रो काठमाण्डू स्थित कार्यालयमा स्थायी बन्ध्याकरण गराउन महिलाभन्दा पुरुष नै धेरै आउँछन्। पहाडतिर हेर्ने हो भने महिला र पुरुष दुवैको संख्या उस्तै –उस्तै छ ’ डा.महर्जनले भने।

‘तर मधेसमा चाहिँ महिलाहरु मात्र आउँछन्। हामीले दिनको ४० देखि ५० वटा स्थायी बन्ध्याकरण गर्छौं। जसमा महिलाहरु मात्र हुन्छन् त्यहाँ ।’ केही समयअघि विराटनगरमा सञ्चालित परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा पुरुषहरू नगन्य सङ्ख्यामा आएको कुराले निकै चर्चा पाएको थियो।

विराटनगरका १८ स्थानमा सञ्चालित शिविरमा ८ सय ८७ जनाले स्थायी बन्धयाकरण सेवा लिएका थिए। जसमध्ये ८ सय ८१ जना महिला थिए। सरकारी तथ्याङ्कले पनि महिलाहरूले नै परिवार नियोजनका साधन धेरै प्रयोग गर्ने गरेको देखाउँछ। स्वास्थ्य सेवा विभागका अनुसार ३८ प्रतिशत महिलाले मिनील्याप गरेकोमा १३ प्रतिशत पुरुषले मात्र गरेको बताइएको छ।

एक दशकभन्दा अघिदेखि दाङ् जिल्लाको स्वास्थ्य चौकीमा परामर्शदाताका रूपमा काम गरिरहेकी दिपा धिताल अझै पनि धेरै मानिसहरूमाझ पुरुषले स्थायी बन्ध्याकरण गर्न हुन्न भन्ने बुझाइ रहेको बताउँछिन्,‘पुरुषहरूले ठूलो भारी बोक्नुपर्छ, काम गर्न विदेश जानुपर्छ, त्यही कारण स्थायी बन्ध्याकरण महिलाहरूले नै गर्नुपर्छ भन्ने सोच भएका धेरै महिलाहरू हामीकहाँ परामर्श लिन आउने गर्नु भएको छ ।’

तर यस्तो बुझाइ गलत भएको डा.महर्जन बताउँछन्। उनी भन्छन् स्थायी बन्ध्याकरण महिलाले भन्दा पुरुषले गर्न सहज हुन्छ।
‘त्यो गलत बुझाइ हो। उमेर बढ्दै गएपछि धेरै कारणले ढाड दुख्छ। तर मानिसहरूले भ्यासेक्टोमी गरेपछि दुखेको भनेर भन्छन् जुन गलत हो। साथै भ्यासेक्टोमी गरेपछि यौन दुर्बलता आउँछ भन्ने गलत बुझाइ पनि भेटिएको छ; डा. महर्जनले भने।

‘महिलाको तुलनामा पुरुषको स्थायी बन्ध्याकरण गर्न सुरक्षित र सजिलो हुन्छ। महिलाहरूको घाउ निको हुन महिनौँ लाग्छ ।’ यसरी मिनिल्याप गराउन आउनेमध्ये धेरैजसो ३० देखि ३२ वर्षका उमेरका महिला हुने गरेको डा.महर्जनले बताए। दुईवटा वा सोभन्दा बढी सन्तान भएका महिलाले यस्तो सेवा लिने गरेको पनि उनी बताउँछन्।
तर घरमा लुगा धुनेदेखि घाँस दाउरा बोक्ने जस्ता काम महिलाले नै गर्ने हाम्रो जस्तो समाजमा पुरुषले गह्रुँगो काम गर्ने बारेमात्र किन बहस हुन्छ भन्ने प्रश्नको जवाफमा महिला अधिकारकर्मी डा.रेणु अधिकारी भन्छिन्,‘महिलाको भन्दा पुरुषको शरीरलाई धेरै महत्व दिइने कारणले नै यस्तो भनिएको हो। त्यसकारण पुरुष कमजोर हुन्छ कप भन्ने कुराले महत्त्व पाउँछ तर महिलाको शरीरबारे खासै सोचिँदैन ।’

हालसम्म चलाइएका जनचेतनामूलक कार्यक्रम प्रभावकारी हुन नसकेका कारण परिवार नियोजनका साधन प्रयोग गर्नुपर्ने जिम्मेवारी महिलाकै मात्र हो भन्ने मान्यतालाई चिर्न नसकिएको जनाकारहरू बताउँछन्। साथै महिला र पुरुषबीचको सामाजिक विभेद हटाउन सके पनि महिलामाथिको यो बोझमा केही कम आउने उनीहरूको भनाइ छ।(बीबीसीबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन् मासु खाँदा ध्यान दिनै पर्ने कुराहरु....
Next article हात्तिपाइले विरुद्धको औषधि सेवन अभियान प्रभावकारी हुन सकेन,रोग उन्मूलनको लक्ष्य पूरा गर्न कठीन

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133886
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

135
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web