• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 21st, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

आयोडिन र थाइराइड रोगको सम्बन्ध

March 4th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आयोडिन र थाइराइड रोगको सम्बन्ध

डा.सुनिल पोखरेल,
काठमाडौ,फागुनः नेपाल सरकारले दुईदसक अघिदेखि नेपालमा आयोडिनको कमीबाट हुने रोग उन्मूलन गर्न दुई बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नुन प्रयोग गर्न सबै गृहिणीलाई सल्लाह दिँदै आएको छ। प्रत्येक वर्षको फेब्रुअरी महिनामा ‘आयोडिनयुक्त नुन नै प्रयोग गरौं’ भनी विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदै आइएको छ। थाइराइड रोग भन्नाले गलगाँड (थाइराइड ग्रन्थी ठूलो हुने) हाइपोथाइराइडिज्म (थाइराइड हर्मोन कम बन्ने) हाइपरथाइराइडिज्म (थाइराइड हर्मोन बढी बन्ने) र थाइराइड क्यान्सर भन्ने जनाउँछ। यी रोगमा सबैभन्दा बढी देखिने हाइपोथाइराइडिज्म नै हो। सामान्यतयः जनमानसमा थाइराइड रोग भन्नाले हाइपोथाइराइडिज्म भनेर बुझिन्छ। आयोडिन एक यस्तो खनिज पदार्थ हो जुन थाइराइड हर्मोन बन्न चाहिन्छ। हाम्रो शरीरले आयोडिन आफैंले बनाउन नसक्ने हुनाले यो आयोडिन हामीले खानाबाट नै पूर्ति गर्दछौं। आयोडिन प्राकृतिक रूपमा समुद्र र माटोमा पाइन्छ। तर हाम्रो देशमा समुद्र छैन र हरेक वर्ष बर्खायाममा बाढीले हाम्रो माटोको आयोडिन बगाएर लैजाने हुनाले हामीले खाने खानाबाट यसको पूर्ति हुन सक्दैन। त्यसैले नेपालमा केही दशकअघि आयोडिनको कमीबाट हुने रोगको प्रकोप बिकराल नै थियो।

हाम्रो शरीरलाई दैनिक एक सय ५० माइक्रोग्राम आयोडिन आवश्यक पर्छ। हाम्रो शरीरमा आयोडिन कमी भएमा थाइराइड ग्रन्थी ठूलो भई गलगाँड आउने, थाइराइड हर्मोन कम भई हाइपोथाइराइडिज्म हुने र गर्भ अवस्थामा आयोडिन कमी भएमा सुस्त मनस्थितिको बच्चा जन्मिने जस्ता रोग निम्त्याउँछ। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सन् १९७९ मा नेपालमा करिब आधा जनसंख्यामा गलगाँड थियो। विश्व स्वास्थ्य संगठनले सामान्यतयः कुनै पनि देश वा स्थानको आयोडिनको पोषण स्थिति थाहा पाउन त्यस स्थानको विद्यालय जाने बालबालिकाकोे पिसाबमा आयोडिनको मात्रा जाँच गर्दा यदि सय माइक्रोग्राम प्रतिलिटरभन्दा कम भएमा आयोडिनको कमी, सयदेखि एक सय ९९ माइक्रोग्राम प्रतिलिटर भएमा पर्याप्त, दुई सयदेखि दुई सय ९९ माइक्रोग्राम प्रतिलिटर भएमा अलिक बढी र तीन सयभन्दा माथि भएमा अत्यधिक भनी मूल्यांकन गरेको छ।
सन् १९९८ को सरकारी तथ्यांकअनुसार नेपालमा विद्यालय जाने बालबालिकामा करिब ४०.५ प्रतिशतमा गलगाँड र करिब ३५.१ प्रतिशतमा पिसाबमा आयोडिनको कमी देखिएको थियो। नेपाल सरकारले यी कुरालाई मनन गरी २०५५ सालमा नेपालभरि दुई बालबालिका चिन्ह भएको आयोडिनयुक्त नुन मात्र प्रयोग गर्ने निर्णय गरेको थियो। यो निर्णय कार्यान्वयन भएपछि सन् २००७ को सरकारी तथ्यांकले नेपालमा बालबालिकाको पिसाबमा आयोडिनको मात्रा २०२ माइक्रोग्राम प्रतिलिटर भएको देखायो, जुन विश्व स्वास्थ्य संगठनको मूल्यांकनअन्तर्गत अलि बढी हो।
स्वास्थ्य संगठनको सल्लाहबमोजिम दैनिक सेवन गर्ने आयोडिनयुक्त नुनको मात्रामा कमी ल्याई पाँच ग्राम प्रतिदिनमा सीमित गरी थाइराइड रोगको प्रकोपबाट बच्ने कि ?
सन् २०११ मा नेपाल सरकारले गरेको अर्को अध्ययनमा पाँच प्रतिशतभन्दा बढी घरमा आयोडिनयुक्त नुनको प्रयोग भएको पाइयो। त्यसैगरी सन् २०१६ को नेपाल सरकारको तथ्यांकअनुसार मध्यमाञ्चल विकास क्षेत्रको ६ देखि ९ वर्षका बालबालिकाको पिसाबमा आयोडिनको मात्रा ३८७.९ माइक्रोग्राम प्रतिलिटर देखियो। नेपालका ६ देखि ९ वर्षका बालबालिकामा यो मात्रा ३१४.१ देखियो। यसैगरी गर्भवती महिलामा यो २४१.३ देखियो भने १५ देखि ४९ वर्षको महिलामा यो २८६.२ देखियो जुन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अत्यधिक वा अलिक बढी हो।
हामी अहिले दुई तीन दसकअघि आयोडिनको कमी भएको देशबाट आयोडिन अलिक बढी वा अत्यधिक भएको देशमा पुग्यौं। तर नेपाल सरकारको कुनै आधिकारिक तथ्यांक नभए पनि नेपालमा थाइराइड रोगका बिरामीको संख्यामा कमी भएको देखिएको छैन। बरु झनै बढिरहेको पाइएको छ। जुन सोच्नुपर्ने विषय हो। विश्वका अन्य देशमा गरिएको विभिन्न अध्ययन अनुसन्धानले के देखाएको छ भने विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पिसाबमा आयोडिनको मात्रा सय माइक्रोग्राम प्रतिलिटरको हाराहारीमा हुँदा त्यस जनसंख्यामा थाइराइड रोगको प्रकोप सबैभन्दा कम देखिन्छ भने यदि कुनै जनसंख्यामा पिसाबमा आयोडिनको मात्रा यो भन्दा कम भएमा गलगाँड र हाइपोथाइराइडिज्म रोगको प्रकोप बढ्दै जान्छ।

कुनै जनसंख्यामा आयोडिनको मात्रा बढी भएमा पनि त्यसले थाइराइडको अटोइम्मुनिटी बढाइ हाइपोथाइराइडिज्म हुने (अटोइम्मुनिटीलेथाइराइडको कोशिकालाई मारेर थाइराइड हर्मोन कम बन्ने हुन्छ), गलगाँड आउने र हाइपरथाइरोएडिज्म (आयोडिन धेरै हुदा थाइराइड होर्मोन धेरै बन्ने) गराउँछ भने थाइराइड क्यान्सरको प्रकोप पनि बढाउँछ। चीनमा गरिएको एक अध्ययनले के देखाएको छ भने आयोडिनको कमी भएको क्षेत्रमा यदि केही वर्षपछि गएर आयोडिनको मात्रा बढी हुन गएमा त्यस क्षेत्रमा थाइराइडको अटोइम्मुनिटी बढ्न गई हाइपोथाइरोएडिज्मका बिरामीको संख्या बढ्छ। त्यस्तै ग्रिसमा गरिएको एक अध्ययनमा आयोडिनको कमी हुने समस्या उन्मूलन गरिएपछि स्कुले बालबालिकामा थाइराइडको अटोइम्मुनिटी तीनगुणाले बढ्यो र यो थाइराइडको अटोइम्मुनिटी नै भविष्यमा गएर हाइपोथाइरोएडिज्म हुने, गलगाँड हुने प्रमुख कारण हो।

जापानमा गरिएको अर्को अध्ययनले पनि आयोडिनको मात्रा बढी भएको सहरमा, आयोडिनको मात्रा पर्याप्त भएको सहरमा भन्दा थाइराइड रोगको प्रकोप बढी देखियो। त्यसैले हरेक देशले तीनदेखि पाँच वर्षको समयमा आफ्नो जनसंख्याको आयोडिनको मात्रा जाँचगरी त्यसैअनुसार आफ्नो नीतिमा परिवर्तन गर्छ। त्यसैले चीन सरकारले १९९४ मा आयोडिनयुक्त नुनको मात्र प्रयोग गर्ने नीति लागू गर्दा एक केजी नुनमा ५० मिलीग्राम आयोडिनको मात्रा प्रयोग गरेको थियो भने पछि गएर पिसाबमा आयोडिनको मात्राअनुसार सन् २००० मा यो मात्रा घटाएर ३० देखि ५० मिलीग्राममा परिणत गर्‍यो। यसैगरी फेरि सन् २०१० मा यो मात्रा घटाएर २० देखि ३० मिलीग्राम आयोडिन प्रतिकेजीमा परिणत गरेको छ। ब्राजिल सरकारले पनि आयोडिनयुक्त नुनको मात्र प्रयोग गर्ने नीति लागू गर्दा एक केजी नुनमा ४० देखि ६० मिलीग्राम आयोडिनको मात्रा प्रयोग गरेको थियो भने पछि गएर पिसाबमा आयोडिनको मात्राअनुसार सन् २००३ र सन् २०१३ मा गरी दुईपटक परिवर्तन गरी हाल १५ देखि ४५ मिलीग्राम आयोडिन प्रतिकेजीमा कायम गरेको छ।

नेपाल सरकारले पनि २०५५ सालमा आयोडिनयुक्त नुन मात्र प्रयोग गर्ने नीति लागू गर्दा के मान्यता निश्चित मान्यता राखेको थियो। कारखानामा एक केजी नुनमा ५० मिली ग्राम आयोडिनको प्रयोग गर्दा सो नुन ढुवानी गरी पसलपसलमा पुग्दा त्यसमा भएकोे आयोडिनको केही मात्रा नष्ट भई कम्तिमा पनि ३० मिलीग्राम जति आयोडिन बाँकी रहने र यही नुन घरघरसम्म पुग्दा कम्तिमा पनि १५ मिलीग्राम आयोडिन बाँकी हुनेछ। त्यसबेला नेपाली नागरिकले प्रत्येक दिन करिब १० ग्राम नुनको सेवन गर्ने हिसाबले प्रत्येक नागरिकलाई दैनिक चाहिने १५० मिलीग्रामको आयोडिनको मात्रा पुग्छ।
सन् २०१६ को नेपाल सरकारको तथ्यांकअनुसार नेपालमा आयोडिनको कमी कुनै पनि क्षेत्रमा छैन र त्यही अध्ययनलाई आधार मान्ने हो भने नेपालमा ६ देखि ९ वर्षका बालबालिकामा आयोडिनको मात्रा अत्यधिक छ र गर्भवती महिलामा पनि आयोडिनको मात्रा अलिक बढी छ। यही अध्ययनमा घरघरमा पुगी नुनमा आयोडिनको मात्रा जाँच गर्दा ४४.२ मिलीग्राम प्रतिकेजी देखियो। त्यसैले नेपाल सरकारले पनि यससम्बन्धी अध्ययन अनुसन्धान गरेर यो दुई दशक पुरानो नीतिलाई पूर्ण मूल्यांकन गर्ने पो हो कि ? त्यसबेलासम्म हामी नेपालीले विश्व स्वास्थ्य संगठनको सल्लाहबमोजिम दैनिक सेवन गर्ने आयोडिनयुक्त नुनको मात्रामा कमी ल्याई ५ ग्राम प्रतिदिनमा सीमित गरी थाइराइड रोगको प्रकोपबाट बच्ने कि ?
—पोखरेल ललितपुरस्थित अल्का अस्पतालका मधुमेह,थाइराइड तथा हर्मोनरोग विशेषज्ञ हुन्। (अन्नपूर्ण पोष्टबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारी चिकित्सकका माग सम्बोधन गर्न समिति गठन
Next article भक्तपुर क्यान्सर अस्पतालले बैशाख १ गतेदेखि अत्याधुनिक रेडियोथेरापी उपकरण ‘लिनायक’ बाट उपचार सुरु गर्ने

Health Today Nepal

Related Posts

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

Leave a Reply Cancel reply

Timeline
Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

Jan 23rd 6:58 AM
समाचार

सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1020
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

7
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web