काठमाडौ,१८ फागुन । पूर्वअर्थमन्त्री एंव नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।
ह्याम्स अस्पतालमा उपचार गराई रहनु भएका अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र हाल भेन्टिेलेटरमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि अधिकारीलाई पुस २३ गते नख्खुस्थित मेडिसिटीमा अस्पतालमा भर्ना गरिएको थियो तर त्यहाँ स्वास्थ्यमा सुधार नदेखिएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।
उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विगत १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भईरहेको जनाईएको छ । उहाँको स्वास्थ्य जटिल हुँदै गएपछि दुवईमा रहनु भएको कान्छी छोरी नेपाल आईपुगेकी छन् भने सिक्किममा रहेकी जेठी छोरी आज आउने जनाइएको छ ।
Leave a Reply