काठमाडौ,१९ फागुन । कर्मचारी समायोजन विधेयकको विरोध गर्दै आन्दोलन गरिरहेका सरकारी चिकित्सकहरुले आन्दोलन स्थगित गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सरकारी चिकित्सक संघका प्रतिनिधिहरु सहित शनिबार भएको वार्तापछि आन्दोलनरत सरकारी चिकित्सकहरुले आन्दोलन स्थगन गरेका हुन् ।
प्रधानमन्त्री ओली र सत्तारुढ दल नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहालसहितको वार्तामा प्रधानमन्त्रीले सरकारी चिकित्सकका माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगन गरिएको सरकारी चिकित्सक संघ(गोदान) ले जनाएको छ ।
प्रधानमन्त्रीको आश्वासनपछि आफुहरुका माग पुरा हुने विश्वास र आमनागरिकको स्वास्थ्यलाई समेत ध्यानमा राखि अनिश्चितकालीन स्वास्थ्य सेवा बहिष्कारको कार्यक्रम अर्को निर्णय नभएसम्म स्थगन गर्ने निर्णय भएको गोदानद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
आफुहरुका मागप्रति प्रधानमन्त्रीले दिएको आश्वासन कार्यान्वयन नभएर पुनः कडा आन्दोलनमा उत्रने गोदानले चेतावनी दिएको छ ।
Leave a Reply