काठमाडौ,२१ फागुन । आफ्नो ६९ स्थापना दिवसको अवसरमा नेपाल चिकित्सक संघले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. डम्बर बहादुर कार्की (डिबी) लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ। संघ स्थापना भएको ६९ औं वर्षको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा डा. कार्कीलाई अवार्ड प्रदान गरिएको हो। स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले डा. कार्कीलाई अवार्ड प्रदान गरेका हुने ।
लाइफ टाइम अचिभमेन्ट पाउन सफल डा कार्कीले नेपालमा मुटु रोगको उपचार पद्दतिको विकास र सर्वसुलभ बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । उमेरले ८ दशक पार गरेपनि डा. कार्की अझै चिकित्सा क्षेत्रको विकासमा सक्रिय छन् । अध्ययन पूरा गरेपछि डा. कार्कीले वीर अस्पतालमा चिकित्सकीय सेवा दिन सुरु गरेका थिए ।
मुटुरोगको उपचार सर्वसाधारणको पहुँचमा पुर्याउन उनको ठूलो योगदान छ । उनले वीर अस्पतालमा मुटुरोग विशेषज्ञका रुपमा काम गरिरहेका बेला नेपालमा मुटुको शल्यक्रिया सुरु भएको थिएन । पछि अस्ट्रेलियाको सिड्नीबाट डाक्टर आएर वीरमै मुटुको सर्जरी थालेका थिए ।
यस्तै, स्थापना दिवसकै अवसरमा संघले खड्क नन्द चिकित्सक अनुसन्धान अवार्ड धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा. शितल गुप्तालाई प्रदान गरेको छ।
Leave a Reply