हेल्थ टुडे,
काठमाडौ,२१ फागुनः कर्मचारी समायोजन विधेयकबिरुद्ध आन्दोलनमा रहेका सरकारी चिकित्सकका माग सम्बोधन गर्नको लागि सम्झौताको मस्यौदा बनाउन आज सरकार पक्ष र सरकारी चिकित्सक संघ(गोदान) का प्रतिनिधिबीच छलफल हुँदैछ ।
गोदानका माग सम्बोधन गर्न आज स्वास्थ्य मन्त्रालय ,सङ्घीय मन्त्रालयका उच्चस्तरिय प्रतिनिधि र गोदानका प्रतिनिधि बसेर सम्झौताका लागि मस्यौदा बनाउने तयारी भएको हो ।
कर्मचारी समायोजन विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान) का माग सम्बोधन गर्न एक्सन कमिटी गठन गरिएको थियो । आइतबार सङ्घीय मामिला मन्त्रालयका सचिव दिनेश थपलियाको उपस्थितिमा बसेको बैठकले कमिटी गठन गरेको थियो ।
कमिटीमा संघीय मामिला मन्त्रालयबाट सचिव थपिलया र भुपाल बराल, स्वास्थ्य मन्त्रालयबाट डा. विकास देवकोटा, जनार्दन गुरागाईं र महेन्द्र श्रेषठ र गोदानका प्रतिनिधि रहेका छन्।
Leave a Reply