• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 4th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मेडिकल कलेजका सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा उजुरी

March 6th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मेडिकल कलेजका सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा उजुरी

हेल्थ टुडे,
काठमाडौ,२२ फागुनः गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले मेडिकल कलेज सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् । सरकारले तोकेको शुल्क भन्दा विद्यार्थीबाट बढी रकम असुलेको भन्दै शुल्कबृद्धिको विरोधमा आन्दोलनरत गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले सञ्चालक विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका हुन् ।
विद्यार्थीहरुले चिकित्सा शिक्षा सुधार अभियानमा संलग्न अभियान्ताहरुको सहयोगमा मंगलबार उजुरी दर्ता गराएका हुन्।
विद्यार्थीहरुले अवैध रुपमा उठाएको शुल्कको छानबिन गर्नुपर्ने लगायतका माग राख्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएको जानकारी दिएका छन् ।
कलेज सञ्चालकको मिलेमतोमा कलेजका प्रिन्सिपल, प्रशासकीय अधिकृत, लेखा शाखाका प्रमुख लगायतले विद्यार्थीबाट अवैध रुपमा बढी शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन्।
कलेजले विद्यार्थीबाट सरकारले तोकेको शुल्कभन्दा १० देखि १५ लाखसम्म बढी रकम उठाएको आरोप छ । तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले आइतबार सडक प्रर्दशन गरेका थिए । अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, सरकारले तोकेको शुल्कमा पढ्न पाउनुपर्ने र विद्यार्थीले तिरेको रकमको बिल, भौचर र रसिद उपलब्ध गराउनुपर्ने माग आन्दोलनरत विद्यार्थीहरुको माग छ ।
सरकारले काठमाडौँ उपत्यकाबाहिर एमबिबिएस पढ्ने विद्यार्थीले रु ४२ लाख ४५ हजार शुल्क तोकेपनि गण्डकी मेडिकल कलेजले ५५ लाखभन्दा बढी शुल्क असुलेको विद्यार्थीहरुको आरोप छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन बैसाखको पहिलो हप्ता
Next article पूर्व मुमाबडामहारानी शाहको नर्भिक अस्पतालमा उपचार हुँदै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2382
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web