काठमाडौ,२२ फागुनः गत एक सातादेखि लगातार रुघा, खोकीबाट ग्रस्त पूर्व मुमाबडामहारानी रत्नराज्य लक्ष्मीदेवि शाहको थापाथली स्थित नर्भिक अस्पतालमा उपचार भईरहेको छ । ९१ बर्षीय शाहलाइ खोकी लाग्ने, कफ आउन गाह्रो हुने जस्ता समस्या देखिएपछि खोकीको औषधी चलाइएको थियो ।
पछिल्ला केही दिनदेखि उनलाई पातलो दिशा हुने र पिसाब कम हुने समस्या समेत देखिएपछि हस्पिटलमा भर्ना गरिएको हो । उनको उपचारमा डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराजपाण्डे, डा. मधु घिमिरे र डा. ब्रजेन्द्रश्री बास्तवको टोली संलग्न रहेको जनाइएको छ ।
Leave a Reply