• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 6th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा जनशक्ति र उपकरणको अभाव

March 16th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा जनशक्ति र उपकरणको अभाव

हेल्थ टुडे,
बाँके,२ चैतः बाँके जिल्लाको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आवश्यक उपकरण र विशेषज्ञ डाक्टरको अभाव  छ । गत असार ११ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएपनि उक्त क्यान्सर अस्पतालमा आवश्यक उपकरण र विशेषज्ञ डाक्टरको व्यवस्थापन हुन सकेको छैन । खजुरामा रहेको अत्याधुनिक प्रविधिसहितको अस्पतालका लागि आवश्यक पर्ने पर्याप्त पूर्वाधार भने तयार भइसकेको छन् ।

अत्याधुनिक प्रविधिसहितका विभिन्न संरचना निर्माण भए पनि अस्पतालमा क्यान्सर विशषज्ञको क्यान्सर उपचारमा प्रयोग हुने महत्वपूर्ण प्रविधि रेडियसन सेटअप हुन सकेको छैन् । सञ्चालनमा आएको लामो समय बिति सक्दासमेत अस्पतालमा आवश्यक जनशक्ति नहुँदा बिरामीलाई समस्या भएको छ ।

पश्चिम तराईको एकमात्र क्यान्सर अस्पताल भएका कारण उपचारका लागि आउने बिरामीको चाप बढ्दै गएपनि विशेषज्ञ चिकित्सक र क्यान्सर पत्ता लगाउने प्रविधि अभावका कारण अस्पतालमा आउने बिरामीलाई क्यान्सर पहिचानका लागि अन्यत्र पठाउने गरिएको छ ।
१०० बेडको स्वीकृति पाएको उक्त अस्पतालमा ३० जना विशेषज्ञ डाक्टरसहित २०० बढी जनशक्तिको आवश्यकता पर्दछ ।

अस्पतालमा हाल साधारण फलोअपमा आउने बिरामीलाई परामर्श, माइनर बायोप्सी, ओपिडी, एक्सरे, सामान्य प्याथोलोजी, फार्मेसी, केमोथेरापी लगायतका सेवा सञ्चालनमा आएपनि आवश्यक जनशक्ति पदपूर्ति नहुँदा क्यान्सर रोग पत्ता लगाउने मुख्य सेवा भने सञ्चालनमा आउन नसकेको अस्पतालका कार्यकारी निर्देशक विश्वराम पौडेलले जानकारी दिए ।

अस्पतालमा हाल दुई जना मात्र विशषज्ञ चिकित्सक, एक–एक जना फिजिसियन र सर्जन र करारका अन्य कर्मचारीसहित ४५ जनाले सेवा दिइरहेका छन् । अस्पताललाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि सरकारले ढिलाइ गर्दा अस्पतालको सेवा प्रवाह हुन नसकेको अस्पताल स्रोतले जनाएको छ । जनशक्ति स्वीकृत भएर व्यवस्थापन भए पूर्णरुपमा सेवा दिन सक्ने अस्पतालले जनाएको छ ।

क्यान्सरमा सर्जरी, केमोथेरापी र रेडियसन थेरापी गरी तीन प्रकारको थेरापी गर्नुपर्छ । त्यस्तै क्यान्सर रोग पत्ता लगाउन रगत जाँचका माध्यमबाट गरिने एफएनएसी र मासु काटेर जाँच्ने विधि बायोप्सी गरेर रोग पत्ता लगाएपछि क्यान्सरको स्टेज थाहा हुने र त्यसपछि केमोथेरापी र रेडियसन गर्नुपर्नेमा जनशक्तिका साथै आवश्यक विभिन्न मेसिनरी सामग्री खरीद नहुँदा समस्या भएको अस्पतालका कार्यकारी निर्देशक पौडेलले बताए ।

अस्पताललाई आवश्यक पर्ने कर्मचारी दरबन्दीलगायत अन्य अत्यावश्यक सामग्रीका लागि पटक–पटक मन्त्रालय र विभागमा अनुरोध गरेपनि कुनै सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ । हाल अस्पताललाई आवश्यक पर्ने मुख्य रेडियसन सेटअप हुन सकेको छैन । रेडियसन सेटअप नहुँदासम्म क्यान्सरसम्बन्धी सेवा पूर्ण हुँदैन । रेडियसन मेसिन खरीद गर्न करीब ३० करोड बजेट आवश्यक पर्दछ । हाल अस्पतालले चालू आर्थिक वर्षको १७ करोड बजेटबाट सिटी स्क्यान, म्यामोग्राम, ल्याप्रोसकोपी, इन्डोसकोपी र सिस्टोस्कोपी लगायतका उपकरण खरीदका लागि टेन्डर प्रकृयामा रहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा जनशक्ति र बजेटको अभाव भएकाले पूर्ण रुपमा सेवा सञ्चालन हुन नसकेको अस्पतालका संस्थापक अध्यक्ष एवं खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।  सरकारको ०७३ फागुन १५ को मन्त्रिपरिषद् बैठकले गठन आदेश जारी गरी संस्थाको जग्गा, भवन र सम्पूर्ण सम्पत्ति आफ्नो स्वामित्वमा लिएर सञ्चालन गर्ने निर्णय गरेपछि करीब २७ करोड बजेट विनियोजन गरेर अस्पतालको काम अघि बढेको थियो ।

सरकारीस्तरबाट सञ्चालित राजधानीबाहिर भरतपुरपछि यो अस्पताल दोस्रो हो । आवश्यक जनशक्ति र उपकरण उपलब्ध गराएर पूर्ण रुपले सेवा सञ्चालन भए प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिमका बिरामीलाई भरतपुर क्यान्सर हस्पिटललगायत काठमाडौँ र भारतको लखनउ जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाठेघर परीक्षणको लागि आन्तरिक जनशक्ति उत्पादन
Next article जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याव टेक्निसियन घुससहित र‌ंगेहात पक्राउ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2386
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web