हेल्थ टुडे,
एजेन्सी,३ चैतः संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा एक महिलाले एकैसाथ ६ बच्चालाई जन्म दिएकी छिन् । अमेरिकाको द वुमन्स हस्पिटल अफ टेक्सासमा उनले ९ मिनेटको समयमा ६ बच्चा जन्माएकी हुन् ।
अस्पतालले दिएको जानकारी अनुसार थेलमा चौका नाम गरेकी महिलाले स्थानीय समय अनुसार शुक्रबार बिहान ४ बजेर ५० मिनेटदेखि ४ बजेर ५९ मिनेटको अन्तरालमा ४ छोरा र २ छोरीको जन्म दिएकी हुन् ।
अस्पतालले थेलमा चौका स्वस्थ रहेको पनि जनाएको छ । अस्पतालले दिएको जानकारी अनुसार नवजात शिशुहरुको तौल १ पाउण्ड १२ औंस २ पाउण्ड १४ औंससम्म रहेको छ ।
Leave a Reply