हेल्थ टुडे,
काठमाडौ,४ चैतः काठमाडौंको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको पुष्टि भएको हो ।
बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा.जयप्रकाश राय यादवले जानकारी दिएका छन् ।
डा.यादवका अनुसार गत वर्ष पनि सोही ठाउँमा पालिएका हाँसमा बर्डफ्लुको सङ्क्रमण देखिएको थियो ।
बर्डफ्लु भएको पुष्टि भएपछि प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको छ । अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको उनले बताए ।
प्रमुख यादवका अनुसार चार किल्लाभित्रका पक्षी नष्ट गरी खाडलमा पुरिएकोे छ । खाली रहेका खोरलाई पनि निःसंक्रमण गरिएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम भईरहेको छ ।
बल्र्डफ्लु भएको पुष्टि भएपछि स्वास्थ्यकर्मीहरुले सचेत रहन आग्रह गरेका छन् ।
Leave a Reply