हेल्थ टुडे,
काठमाडौं : नेपालमा परिवार नियोजनका आधुनिक साधनहरूको सेवा प्रदान गर्न प्रत्येक वर्ष १ करोड ८० लाख अमेरिकी डलर ( करिव दुई अर्ब नेपाली रुपैया ) खर्च हुने गरेको छ । गुट्माकर इन्स्टिच्यूट र वातावरण स्वास्थ्य र जनसख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) ले सोमबार राजधानीमा कार्यक्रम आयोजना गरि यो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ४३ प्रतिसत विवाहितहरुले मात्र परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्ने गरेका छन् । २४ प्रतिसत विवहितहरुले चाहेर पनि परिवार नियोजनका साधन पाउन सकेका छैनन् । अहिले पविार नियोजनका सेवा प्राप्त गरिरहेका र चाहेर पनि सेवा प्राप्त गर्न नसकिरहेकाहरुलाई सेवा प्रदान गर्न वर्षमा ३ करोड ३० लाख अमेरिकी डलर ( चार अर्ब नेपाली रुपैया ) खर्च लाग्ने कृपाको अध्ययनले देखाएको छ । त्यस्तै, परिवार नियोजनका सेवाहरुमा कुनै परिवर्तन नगरी सम्पूर्ण गर्भवती महिलाहरूलाई मातृत्व र नवजात शिशु स्वास्थ्य सम्बन्धी विस्तृत सेवा प्रदान गर्न १३ करोड ५० लाख अमेरिकी डलर (१५ अर्ब नेपाली रुपैया) आवश्यक पर्छ, जुन हालको लागत भन्दा दोब्बर हो । परिवार नियोजन तथा मातृत्व र नवजात शिशु स्याहारको कार्यक्रम एकै साथ लगानी गरे त्यो रकम घटेर वार्षिक १० करोड ४० लाख डलर आवश्यक पर्ने कृपाको अध्ययनले देखाएको छ ।
गुट्माकर इन्ष्टिच्यूटका वरिष्ठ अनुसन्धान विज्ञ डा. अपर्ना सुन्दरम्का अनुसार परिवार नियोजनका आधुनिक साधनहरू तथा मातृत्व र नवजात शिशु स्वास्थ्य सेवामा लगानीले महिला, बालबालिका र परिवारको लागि ठूलो फाईदा पुग्नुका साथै समग्र समाजिक र आर्थिक विकासमा सहयोग पु¥याउँछ ।
अध्ययनमा संलग्न कृपाका सहनिर्देशक डा.महेश पुरीका अनुसार नेपालका महिला तथा दम्पत्तिहरू सानो परिवार चाहन्छन । त्यसैले आधुनिक परिवार नियोजनका साधनहरूको माग बढ्दै जाने देखिन्छ । परिवार नियोजनका आधुनिक साधनहरुको बढ्दो माग सम्बोधन गर्न केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारले पहल र साझेदारी गर्ने पर्ने डा. पुरी बताउछन ।
Leave a Reply