• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 4th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

लक्षित वर्गको पहुँचमा पुग्न सकेन स्वास्थ्य क्षेत्रमा सरकारले गरेको लगानी

March 23rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लक्षित वर्गको पहुँचमा पुग्न सकेन स्वास्थ्य क्षेत्रमा सरकारले गरेको लगानी

हेल्थ टुडे,
काठमाडौ,९ चैतः सरकारले विभिन्न रोग निवारणका नाममा अर्बौ बजेट विनियोजन गरे पनि सो रकम लक्षित वर्गसम्म पुग्न सकेको छैन । रोगबाट प्रभावित भएका तथा रोग लाग्न नदिनुअगाडि पूर्वलक्षित कार्यक्रमका लागि बजेट विनियोजन गरिए पनि त्यस्ता व्यक्तिहरूका लागि बजेट ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ जस्तै भएको छ । बजेटको प्रभावकारी कार्यान्वयन हुन नसक्दा रोग निवारण अभियानले लक्ष्यअनुसार सफलता हासिल गर्न सकेको छैन ।

बजेटको उपयोग गर्न नपाएपछि अधिकांश बिरामीहरू रोग पालेर बस्न विवश छन् । अधिकांश जिल्लामा रोगविरुद्धका अभियानहरू पुग्न नसकेको सरोकारवालाले बताएका छन् । सरकारले भने सो रकम जनचेतना, प्रचारप्रसार, उपचारलगायतमा खर्च हुँदै आएको दाबी गरेको छ ।
विश्व स्वास्थ्य संगठनद्वारा २०६६ साल ५ माघमा नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो ।

यस आर्थिक वर्षमा कुष्ठरोग निवारणका लागि केन्द्रमा २ करोड, प्रदेशमा ४ करोड र स्थानीय तहमा १० करोड विनियोजन गरिएको स्वास्थ्य सेवा विभागअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपागंता व्यवस्थापन शाखाले जनाएको छ । तर, अझै कुष्ठरोग पूर्णरूपमा निवारण हुन सकेको छैन । गत आर्थिक वर्षमा यसका लागि झन्डै १६ करोड रुपैयाँ विनियोजन गरिएको थियो । हाल देशभर २ हजार ७ सय जना कुष्ठरोगी छन् ।

सन् २०२० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य छ । हात्तीपाइले रोग निवारणका लागि चालू आर्थिक वर्षमा २० करोड बजेट विनियोजन गरिएको छ । ईपीडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सो रकम हात्तीपाइले विरुद्धको औषधि सेवन, हात्तीपाइले रोगका कारण भएका बिरामीको नक्सांकन, हाइड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रियाका लागि खर्च हुनेगर्छ ।

यसअन्तर्गत हालसम्म नेपाल सरकारद्वारा सूचीकृत करिब ६४ वटा अस्पतालबाट करिब ७ हजार ९५६ बिरामीले हाइड्रोसिलको शल्यक्रिया गरिसकेका छन् । महाशाखाले प्रतिबिरामीका दरले अस्पताललाई ६ हजार रुपैयाँसमेत उपलब्ध गराउँदै आएको छ । तर, हात्तीपाइले रोग निवारणका लागि सबै जिल्लामा कार्यक्रम पुग्न सकेको छैन । परिवार योजनाको क्षेत्रमा यस वर्ष ५० करोड बजेट छुट्याइएको छ । सरकारी तथ्यांकअनुसार अझै ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराइरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन
कुन रोगमा कति बजेट ?
हात्तीपाइले २० करोड
एड्स केन्द्रमा ५५ करोड
क्षयरोग ६७ करोड
कुष्ठरोग १६ करोड
परिवार योजना ५० करोड
एड्सविरुद्धको अभियानमा यस वर्ष केन्द्रमा ५५ करोड बजेट विनियोजन गरिएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तारानाथ पोख्रेलले बताए । सरकार र विभिन्न दातृनिकायको सहयोगमा एचआईभी नियन्त्रणका लागि करोडौ रकम खर्च भए पनि सबै संक्रमित उपचारको पहुँचमा छैनन् ।

यस वर्ष कुल बजेटको ३५ प्रतिशत रकम प्रदेशमा, ३५ प्रतिशत स्थानीय तह र ३० प्रतिशत रकम केन्द्रमा रहने गरी विनियोजन भएको केन्द्रले जनाएको छ । नेपालमा करिब ३१ हजार २० जना एचआईभी संक्रमित रहेको केन्द्रले जनाएको छ । जसमा १९ हजार २० जना पुरुष र १२ हजार महिला रहेको केन्द्रले जनाएको छ ।(राजधानी दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कागजविहीन प्रविधिमा आधारित क्षयरोगसम्बन्धी स्थलगत सर्वेक्षण कार्य अन्तिम चरणमा
Next article स्थानीय तहद्वारा गाउँ–गाउँमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन,स्थानीय लाभाम्वित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2382
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web