हेल्थ टुडे,
काठमाडौ, : ‘आँखा सेवाका लागि दृष्टि विशेषज्ञ’ भन्ने मूल नाराका साथ विश्व दृष्टि विशेषज्ञ दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । नेप्लिज एसोसिएसन अफ ओप्टोमेट्रिस्टले महाराजगन्जस्थित विपि कोइराला नेत्र अध्ययन केन्द्रबाट सुरु गरेको जनचेतनामूलक र्याली चक्रपथ, बसुन्धरा, कान्तिबाल अस्पताल हुदै केन्द्रमै पुगेर सम्पन्न भएको थियो । उक्त र्यालीमा ओप्टोमेट्री अध्ययनरत विद्यार्थी सहभागी थिए । सो अवसरमा केन्द्रमा आयोजना गरिएको कार्यक्रममा नेपाल नेत्र ज्योति संघका अध्यक्ष डा. तिर्थ मिश्रले नेपालमा आँखा स्वास्थ्यमा कार्यरत नेत्र रोग विशेषज्ञ, दृष्टि विशेषज्ञ र नेत्र सहायकहरु प्रतिस्पर्धी नभएर एक अर्काका परिपूरक भएको बताए । तर नेपालमा अझै पनि यी तिन प्रकारका जनशक्तिले गर्ने कामको विभाजन स्पष्ट नभएको डा. मिश्रले बताए । नेपालमा आँखा स्वास्थ्य सेवाको अवस्था अन्य देशको तुलनामा राम्रो भए पनि सरकारले यसलाई अझै उच्च प्राथमिकतामा नराखेकोमा उनले गुनासो गरे । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अनुसार नेपालमा करिव ७ सय ओप्टोमेट्री छन ।
Leave a Reply