• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 5th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

किस्ट मेडिकल कलेजले विद्यार्थीबाट अबैध शुल्क उठाएको सरकारी छानबिन टोलीको ठहर

March 25th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किस्ट मेडिकल कलेजले विद्यार्थीबाट अबैध शुल्क उठाएको सरकारी छानबिन टोलीको ठहर

हेल्थ टुडे,
काठमाडौ,११ चैतः विद्यार्थीबाट अबैध शुल्क उठाएको विषयमा छानविन गर्न गठित सरकारी छानबिन टोलीले किस्ट मेडिकल कलेजले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीबाट अवैध शुल्क उठाएको ठहर गरेको छ । टोलीले बढी लिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न र कलेज सञ्चालकलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

कलेजले अवैध शुल्क उठाएको र त्यसको विरोध गर्ने विद्यार्थीलाई आन्तरिक परीक्षामा फेल गरिएको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री केपी ओलीले गम्भीर चासो व्यक्त गर्दै उनकै निर्देशनमा शिक्षा मन्त्रालयका सहसचिव डा.हरिप्रसाद लम्सालको संयोजकत्वमा सतर्कता केन्द्रको समेत प्रतिनिधित्व रहेको चार सदस्यीय छानबिन टोली गठन गरिएको थियो ।

कलेजले विद्यार्थीबाट अवैध शुल्क उठाउनुका साथै उत्तरपुस्तिका जाँचमा पनि चरम लापरबाही गरेको प्रतिवेदन टोलीले प्रधानमन्त्रीलाई बुझाएको छ । छानबिन समितिका एक सदस्यका अनुसार कलेज सञ्चालकले तोकिएभन्दा बढी शुल्क लिएको स्वीकार गरेका छन् । विश्वविद्यालय, परीक्षा, रजिस्ट्रेसन, काउन्सिल शुल्कलगायत नाममा बढी रकम उठाइएको छ । प्रतिवेदनमा अवैध शुल्क लिने कलेजलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरिएको छ ।

यसैबीच, छानबिन टोलीले कलेजसँग आन्तरिक परीक्षाको उत्तरपुस्तिका र कागजात मागेको थियो । एउटा सेमेस्टरमा ९० विद्यार्थीको सिट भएपनि कलेजले करिब तीन दर्जन उत्तरपुस्तिका मात्र उपलब्ध गराएको थियो । छानबिन टोलीका एक सदस्यले ४१ विद्यार्थी फेल भएको पाइएको बताए ।

उपलब्ध गराइएका उत्तरपुस्तिकामा दिइएको प्राप्तांक ठीक हो–होइन भन्ने यकिन गर्न विज्ञहरूबाट थप छानबिन गर्न टोलीको सिफारिस छ । आन्तरिक परीक्षाको कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्नुपर्ने र कडाइका साथ अनुगमन गरिनुपर्ने सिफारिस सरकारी टोलीले गरेको छ । (नयाँ पत्रिका दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्थानीय तहद्वारा मातृ शिशु आकस्मिक कोष स्थापना
Next article लडेर गम्भिर घाईते भएका ८ बर्षिय बालकको उपचारको लागि वडाअध्यक्षद्धारा हेलिकोप्टर चार्टर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2383
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web