हेल्थ टुडे,
काठमाडौ,१२ चैतः भारतको नयाँदिल्ली स्थित मेदान्त अस्पतालमा झण्डै तीन साता लामो उपचारपछि सोमबार डिस्चार्ज भएका सुदूरपश्चिम प्रदेशप्रमुख मोहनराज मल्ल आज स्वदेश फर्कदै छन् । नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा १८ दिनको उपचारपछि प्रदेशप्रमुख मल्ल डिस्चार्ज भएको र आजै स्वदेश फर्किने मल्लका प्रेस संयोजक गजेन्द्र ओझाले जानकारी दिएका छन् ।
मेदान्त अस्पतालमा उपचारपछि उनको स्वास्थ्य अवस्थामा सुधार आएको छ । मेदान्त अस्पतालमा डाक्टर यतिन मेहता नेतृत्वको चिकित्सक टोलीले प्रदेश प्रमुख मल्लको उपचार गरेको हो । त्रिवि शिक्षण अस्पतालको आईसियु कक्षमा उपचार गराएपनि प्रदेश प्रमुख मल्लको स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि उनलाई फागुन १५ गते डाक्टरको सल्लाह अनुसार नै एयर एम्बुलेन्सबाट मेदान्त हस्पिटल लगिएको थियो ।
प्रदेश प्रमुख मल्ललाई कडा निमोनिया भएपछि धनगढीबाट फागुन ५ गते काठमाडौं ल्याइएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आईसियूमा उपचार गराएपनि स्वास्थ्यमा सुधार हुन नसकेपछि उहाँलाई एयर एम्वुलेन्सबाट दिल्ली स्थिति मेदान्त हस्पिटल लगिएको थियो ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा.प्रेम खड्काका अनुसार अक्सिजन सेचुरेशन मेन्टन गर्न नसकेको र ह्वाइट ब्लड सेल्स पनि कम देखिएपछि थप उपचारका लागि मेदान्त लगिएको जनाएका थिए । सुरुमा कडा निमोनिया भएपछि मल्ललाई पहिले धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार गरिएको थियो ।
त्यहा स्वास्थ्यमा सुधार भएपछि उनलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । मल्ललाई सुरुमा मनमोन कार्डियो भास्कुलर एण्ड थोसासिस सेन्टरमा भर्ना गरिएको थियो । त्यहाँबाट केही दिन अघि उनलाई टिचिङ हस्पिटलको आईसियू १ मा सारिएको थियो । ७१ बर्षिय मल्लको शारिरीक अवस्था कमजोर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका थिए ।
Leave a Reply