हेल्थ टुडे,
काठमाडौ,१४ चैतः नेपाल मेडिसिटी अस्पताल विश्वस्तरीय अस्पतालको सूचीमा सूचीकृत भएको छ । मेडिसिटी अस्पताल नेशनल एक्रिडिटेसन बोर्ड फर हस्पिटल हेल्थ केयर प्रोभाइडर्स (एनएविएच) मान्यता प्राप्त गर्ने नेपालको पहिलो अस्पताल समेत बन्न सफल भएको छ । यो मान्यता प्राप्त भएसँगै मेडिसिटी अस्पताल विश्वस्तरीय अस्पतालको सूचीमा सूचीकृत भएको हो । अस्पतालको सेवा, जनशक्तिको व्यवस्थापन, विश्वस्तरीय प्रविधि, विरामी मैत्री पूर्वाधार तथा अन्तराष्ट्रिय मापदण्डको सही व्यवस्थापनले अस्पताल विश्वस्तरीय मापदण्डमा सूचीकृत हुन सफल भएको हो ।
अस्पताल विश्वस्तरीय बन्न सफल भएको खुसीयालीमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना साकार पार्न शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाउने बताए ।
समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्दै गएको चर्चा गर्दै मिर्गौला, मुटु, आँखा रोगका उपचारमा सफलता प्राप्त गरेको बताए ।
अस्पतालका अध्यक्ष उपेन्द्र महतोले उपचारको अभावमा कुनै नेपालीले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नाका लागि आफूले स्वास्थ्य क्षेत्रमा लगानी गरेको बताए । उनले अस्पताल अगामी दिनमा विरामीको सेवामा तल्लीन रहने बताए ।
Leave a Reply