हेल्थ टुडे,
रुकुम,१५ चैतः रुकुम पश्चिम जिल्ला अस्पतालमा कर्णाली प्रदेश सरकारले थप डाक्टर पठाएपछि अस्पतालको सेवा प्रभावकारी बन्दै गएको छ । अस्पतालमा एक जना मात्र डाक्टर हुँदा सेवा प्रभावकारी नभएको जनगुनाशो बढेपछि प्रदेश सरकारले सरकारले डाक्टर थप गरेको थियो । यसअघि एकजना डाक्टरको भरमा चलेको अस्पतालमा विशेषज्ञ डाक्टर आएपछि बिरामीलाई सुविधा भएको छ ।
कर्णाली प्रदेश सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डाक्टर अनुपमंगल समाल र एनेस्थेसिया सहायक महेश कठायतलाई जिल्ला अस्पतालमा पठाएको हो । विशेषज्ञ डाक्टरको उपलब्ध भएपछि बिरामीलाई विशेषज्ञ सेवा र शल्यक्रियाका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता हटेको छ ।
विशेषज्ञ डाक्टर आएपछि सबैभन्दा बढि लाभान्वित जटिल प्रकृतिको प्रसुति सेवा लिने सेवाग्राही हुने भएका छन् । साथै एपेन्डीसाइटिस, हर्निया तथा हाइड्रोसिलको शल्यक्रिया समेत यहि अस्पतालबाट हुने बताइएको छ । दुई जना डाक्टर थपिएपनि विरामीको चाप अनुसार डाक्टरको संख्या अझै अपुग रहेकाले अस्पतालमा थप डाक्टर पठाउनुपर्ने स्थानीयको माग छ ।
Leave a Reply