हेल्थ टुडे,
नेपालगञ्ज,१७ चैतः उपप्रधान तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई हरेक नेपालीको घरघरमा पु¥याउने काम सुरु भईसकेको दावी गरेका छन् ।
शनिवार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित नहोस् भन्ने उद्देश्यले हरेक वडामा स्वास्थ्य केन्द्र तथा हरेक गाउँपालिकामा अस्पताल निर्माण प्रक्रिया शुरु भईसकेको जानकारी दिए ।
उनले भनेः‘ संविधानमा मौलिक हकको दर्जा पाएको स्वास्थ्य सेवालाई हरेक नेपालीको घर–घरमा पु¥याउने कार्यमा सरकार लागेको छ । स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित हुनुपर्दैन, अब हरेक वडामा स्वास्थ्य केन्द्र र गाउँपालिकामा अस्पताल सञ्चालन गरिनेछ ।’
यसै वर्ष देशभरमा एक हजार २०० अस्पताल निर्माण भइरहेको उल्लेख गर्दै उनले बाँकेमा पश्चिम नेपालकै सबैभन्दा ठूलो अस्पतालका रुपमा भेरी अस्पताललाई ५०० शै्याको अस्पताल बनाउने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए ।
उनले मुलुक सङ्घीय संरचनामा गएकै कारण अहिले जनताको घरघरमा विकास पुग्न थालेको जिकिर गर्दै २० औँ वर्षपछि जनताले विकास निर्माणको अनुभूति गर्न पाएको दावी गरे ।
Leave a Reply