हेल्थ टुडे,
चितवन,१० बैशाखः चितवनको भरतपुरका ९१ वर्षीय उदयकुमार पियाले अस्पताल निर्माणको लागि एक्लैले तीन करोड रुपैँया सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–३ नगरवन क्षेत्र नारायणगढमा निर्माण हुन लागेको स्पाइनल इन्ज्योरी अस्पताल तथा पुर्नस्थापना केन्द्रका लागि ९१ वर्षीय उदयकुमार पियाले तीन करोड रुपैया सहयोग गरेका हुन् ।
उनले पत्नी चमेलीदेवी पियाको नाममा अस्पताल निर्माण गर्न सहयोग गरेका हुन् । चमेलीको सम्झनामा अस्पतालाई सहयोग गरेको उदयको भनाइ छ । चमेलीको १८ वर्षअघि मृत्यु भएको थियो । बन्दीपुरमा जन्मिएका पिया २००५ देखि चितवनमा व्यापार गर्दै आएका छन् । व्यवसायबाट जोगाएको पैसा सहयोग गरेको उनले बताए । उदयले गरेको सहयोगप्रति परिवारजन पनि खुसी छन् ।
६ वटा रोटरी क्लबहरू रोटरी क्लब अफ चितवन, रत्ननगर, नारायणगढ, नारायणी मिड टाउन, भरतपुर र जावलाखेलले संयुक्त रूपमा स्पाइनल इन्ज्योरी अस्पताल तथा पुर्नस्थापना केन्द्र स्थापना गर्न लागेका हुन् । काठमाडौंपछि मोफसलमा पहिलोपटक केन्द्र बन्न लागेको परियोजनाका संयोजक उत्तमलाल चुकेले बताएका छन् ।
२५ शय्याको केन्द्रका निर्माण गर्न ६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने केन्द्रका लागि भरतपुर महानगरले जग्गा उपब्ध गराएको हो ।
Leave a Reply