हेल्थ टुडे,
धनकुटा,११ बैशाखः नेपाल अबुर्द रोग निवारण संस्था धनकुटा र भक्तपुर क्यान्सर अस्पतालको संयुक्त आयोजनामा धनकुटा नगरपालिका–३ मा ४२६ जना महिलाको निःशुल्क क्यान्सर परीक्षण गरिएको छ । धनकुटा नगरपालिका–३ को भाषा माविको परिसरमा भएको शिविरमा स्थानीय महिलाहरुले पाठेघरसम्बन्धी क्यान्सर रोग परीक्षण गरेका हुन् ।
परीक्षणको रिपोर्ट आउन बाँकी रहेको आयोजक नेपाल अबुर्द रोग निवारण संस्था धनकुटाले जनाएको छ । धनकुटा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष विकास घिमिरेले पछिल्लो समय महिलामा पाठेघर क्यान्सरको समस्या बढ्दै गएकाले क्यान्सर लाग्नुअघि नै स्वास्थ्य परिक्षण गरेर पाठेघरको क्यान्सर समस्या न्यूनिकरण गर्न शिविर सञ्चालन गरिएको जानकारी दिए ।
महिलाहरुले लाजका कारण शारीरिक स्वास्थ्य अवस्था चेकजाँच गराउन असहज महसुस गर्ने भएकाले घर आँगनमा गरिएको शिविरबाट धरै महिलाहरुले लाभ लिएका छन् ।
Leave a Reply