हेल्थ टुडे,
वीरगञ्ज,१८ चैतः आईतबार राती बारा र पर्सामा आएको भीषण हावाहुरीबाट घाईते भएकाहरुले कलैया र वीरगन्जका अस्पतालमा
खचाखच भरिएका छन् । पर्साका विभिन्न अस्पतालमा ३ सय ५० जना भन्दा बढी घाइतेले उपचार गराइरहेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जानकारी दिए ।
उनका अनुसार २ सय ५० भन्दा बढी उपचार गराएर फर्किसकेका छन् । हवाहुरीबाट बाराको चैनपुर, भलही, फेटा, त्रिवेणी, जगतपुर लगायतका गाउँ प्रभावित बनेका छन् । स्थानीय प्रहरी अधिकारीले मृतकको संख्या ३१ पुगेको र अझै बढ्न सक्ने जनाएका छन् ।
यसैबीच, हावाहुरीका कारण घाइते भएका बिरामीको रगत अभावका कारण उपचारमा समस्या भएको छ । हावाहुरीमा परी गम्भिर घाइते भएकाहरुमा एबी पोजेटिभ, बी पोजेटिभ, ए पोजेटिप लगायतको अभाव भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।
हावाहुरीमा परि ३ सय भन्दा बढी घाइतेको नारायणी अस्पताल, विरगंज र विरगञ्ज हेल्थ केयर हस्पिटल, नेशनल मेडिकल कलेज लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरुलाई अस्पताल ल्याउने क्रम अझै जारी छ । एम्बुलेन्स कम भएकाले गाउँगाउँबाट ट्याक्टर, मोटरसाइकल, भ्यानमा समेत घाइतेहरु ल्याउने क्रम जारी स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।
Leave a Reply