हेल्थ टुडे,
काठमाडौ,१८ चैतः सरकारले आगामी बैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ । वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्र्तगत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।
यसका साथै, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुका ५ वर्षमुनिका बालबालिकालाई पोषण लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा वितरण कार्यक्रम पनि रहेको छ ।
उक्त कार्यक्रममा सहजीकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाइ निर्देशनात्मक पत्राचार गरेको छ । मन्त्रालय अन्र्तगत स्थानीय तह समन्वय शाखाले आइतबार सबै स्थानीय तहलाई सूचना जारी गरी स्थानीय तहबाट सहयोग, समन्वय र प्रचारपचारमा सहजीकरण गरी अभियान सफलतापूर्वक संचालन गर्न निर्देशन दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कार्यक्रम सहजीकरणका लागि सबै स्थानीय तहलाई सूचित गरिदिन सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।
यसअघि जिल्ला स्वास्थ्य र जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्ना जिल्लामा कार्यक्रम संचालन गर्दै आएका थिए । तर, संघीयतापछि देशभरका ७ सय ५३ स्थानीय तहले यो कार्यक्रम गर्ने जिम्मेवारी पाएका हुन् ।
Leave a Reply