हेल्थ टुडे,
जनकपुर,१८ चैतः आईतबार राति बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट घाईते भएकाहरुको उपचार खर्च प्रदेश २ सरकारले बेहोर्ने भएको छ । आज बिहान बसेको प्रदेश २ को मन्त्री परिषद् बैठकले बारा र पर्सा जिल्लामा भएको घटनाप्रति दुःख प्रकट गर्दै मृत्यु हुनेको परिवारलाई ३ लाख रुपैयाँ दिने र घाइतेको निशुल्क उपचार गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री लालबाबु राउतले भनेः‘घाइतेहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरूको बासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने क्याबिनेटको निर्णय छ, हामीले प्रत्येक मृतकलाई तीन लाखका दरले तत्कालीन राहत दिने भएका छौं। उपचारमा जति खर्च हुन्छ, त्यो प्रदेश सरकारले व्यहोर्ने छ।’
हावाहुरीबाट हालसम्म ३१ जनाको मृत्यु भएको जनाइएको छ । कलैया, वीरगञ्ज लगायतका अस्पतालहरूमा ५ सय भन्दा बढी घाइतेहरु उपचारत छन् । अस्पतालमा रगत अभावले घाईतेको उपचारमा समस्या पर्न थालेपछि अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरीले रक्तदान गरिरहेको छन् ।
Leave a Reply