हेल्थ टुडे,
काठमाडौ,१९ चैतः काठमाडौ महानगरपालिकाले आउँदो वैशाखदेखि नेपाल एम्बुलेन्स सेवासंगको सहकार्यमा काठमाडौँ उपत्यकाभित्र अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले उपचार सुविधासहित व्यवस्था भएको कम शुल्कमा अत्याधुनिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
एम्बुलेन्समा चिकित्सकसहित सम्पूर्ण उपचार गर्ने प्रविधि रहने महानगरपालिकाले जनाएको छ । एम्बुलेन्सभित्र चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी उपलब्ध हुनेछन् । यस किसिमको एम्बुलेन्स सञ्चालनमा आउँदा विरामीको मृत्युदर घट्ने काठमाडौंँ महानगरपालिकाले जनाएको छ । हाल सञ्चालनमा रहेको एम्बुलेन्सले विरामी मात्र बोक्ने गरेका छन् ।
अत्याधुनिक एम्बुलेन्स सेवाका लागि उपत्यकाका सेवाग्राहीले उपत्यकाभित्र १०२ नम्बरमा फोन गरी सेवा लिन सक्नेछन् । निजी सेवा प्रदायकको तुलनामा यो सेवा सस्तो समेत हुने महानगरपालिकाको दावी छ । अहिले सामान्य एम्बुलेन्सले एक हजारदेखि पाँच हजार रुपियाँसम्म लिदै आएका छन् । अत्याधुनिक एम्बुलेन्समा सेवाग्राहीले कहाँबाट कल ग¥यो भन्ने जानकारी जिपिएस मार्फत हुनेछ ।
Leave a Reply