हेल्थ टुडे,
एजेन्सी,चैतः विश्वमै पहिलो पटक ‘एजआईभी पोजेटिभ’ भएकी एक महिलाले मृगौला दान गरेकी छन् । एचआइभी संक्रमित ३६ वर्षीया निना मार्टिनेजले मृगौला दान गरेकी हुन् । अमेरिकाको बाल्टिमोरस्थित जोन हाप्किन्स मेडिसिनका डाक्टरहरुले उनको मृगौला अर्की एक महिलामा प्रत्यारोपण गरेका हुन् । मृगौला प्रत्यारोपण गरेकी महिला पनि एचआइभी संक्रमित नै हुन् । सो शल्यक्रियापछि अहिले दुवैजना स्वस्थ अवस्थामा रहेको र नयाँ शरीरमा मृगौलाले राम्रो काम गरिरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
यसरी यो ऐतिहासिक शल्यक्रिया एचआइभी चिकित्सा क्षेत्र र यसको विकासमा संलगन सबै अनुसन्धानकर्मी अनि वैज्ञानिकहरुका लागि निकै खुसीको खबर भएको बताइएको छ । यसरी मृगौला दान गर्ने पहिलो एचआइभी संक्रमित ३६ वर्षीया निना मार्टिनेज पब्लिक हेल्थमा आबद्ध छिन् ।
उनी सन् १९८३ मै एचआइभी भाइरसको शिकार भएकी थिइन् । तर एचआइभी संक्रमित भएको ३५ वर्ष बितिसक्दा पनि उनलाई अत्यन्तै स्वस्थ अवस्थामा देखेर चिकित्सकहरु आश्चर्यमा परेका छन् । निनाका अनुसार उनले अहिलेसम्म कुनै कार किनेकी छैनन् र प्राय पैदल यात्र गर्ने गरेकी छन् भने म्याराथोनमा पनि दौडने गर्छिन् । साथै उनलाई मधुमेह लगायत कुनै अतिरिक्त रोग नभएको हुनाले पनि योग्य दानकर्ताका मानिएको बताइएको छ ।
२०१३ भन्दा अगाडिसम्म अमेरिकाले एचआइभी पोजिटिभलाई अङ्ग दान गर्ने अनुमति दिएको थिएन । सन् २०१३ को नभेम्बरमा मात्र अङ्ग प्रत्यारोपण सम्बन्धि अध्ययन गर्दा एचआइभी पोजिटिभले अर्को एचआइभी पोजिटिभलाई अङ्ग दान गर्न मिल्ने नियम ल्याइएको थियो । यसलाई एचआइभी अर्गान पोलिसी इक्वीटी, होप पनि भनिन्छ । सेगेभले पनि होप कार्यन्वयनमा मद्दत गरेकी थिइन् ।
तर होपका बारेमा जानकार भएपनि निनाले भने मृत एचआइभी बिरामीको अङ्ग मात्र दान गर्न पाइने ठानेकी थिइन् । जोन होप्किन्सकै चिकित्सकहरुले २०१६ मा यस किसिमको पहिलो शल्यक्रिया गरेका थिए जसमा मृत दानकर्ताले जिवित एचआइभी संक्रमितलाई अङ्ग दान गरेका थिए । हाल अमेरिकामा १० लाख भन्दा बढी मानिस एचआइभी संक्रमित छन् । त्यसैले पनि यो ऐतिहासिक शल्यक्रियाले विश्वभरका बिरामीका लागि उपचारको नयाँ बाटो खुलाएको बताइएको छ ।
Leave a Reply