हेल्थ टुडे,
सिराहा,२१ चैतः सिराहामा एचआइभी एड्सका कारण २४ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सिराहाले बुधबार आयोजना गरेको पत्रकार र स्वास्थ्यकमीसँगको अन्र्तक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जिल्लामा एचआइभी एड्सका कारण २४ को मृत्यु भइसकेको जानकारी दिएका हुन् ।
यस्तै, लहानस्थित आरटी सेन्टरमा फागुन मसान्तसम्ममा पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी दुई, बालक १३ र बालिका चारजना एचआइभी सङ्क्रमितले उपचारका लागि नाम दर्ता गराएकोमा १६३ को उपचार भइरहेको उनले जानकारी दिए ।
यस वर्षमात्रै २० नयाँ एचआइभी सङ्क्रमित फेला परेको भन्दै स्वास्थ्य अधिकृत कर्णले सामाजिक हेला र भेद्भावका कारण सङ्क्रमितले उपचार सेवा लिन छाडेको बताए । उनले वैदेशिक रोजगार, नशालु पदार्थ प्रयोगकर्ता, यौनकर्मी, समलिङ्गीबाट एचआइभी सर्ने गरेको जानकारी दिए ।
Leave a Reply