• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 5th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

समलिंगी यौन सम्बन्ध राख्नेमाथि ढुंगाले हानेर मार्ने कानुन लागू

April 4th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
समलिंगी यौन सम्बन्ध राख्नेमाथि ढुंगाले हानेर मार्ने कानुन लागू

हेल्थ टुडे,
एजेन्सी,२१ चैतः ब्रुनाईमा व्यभिचारी र समलिंगी यौन सम्बन्ध राख्नेमाथि ढुंगाले हिर्काएर मारिने समेतका कडा व्यवस्थाहरू समेटिएको नयाँ इस्लामिक (शरिया) लागू भएको छ । विश्वका राजनीतिक नेताहरू, अधिकारकर्मी तथा अभियन्ताहरूको चौतर्फी आलोचना र विरोधका बावजूद ब्रुनाईका सुल्तानले नयाँ कानुनमा हस्ताक्षर गरेका छन् । दक्षिण पूर्वी एसियाको सानो मुस्लिम राष्ट्र ब्रुनाईमा यो कानुन वर्षौंपछिको छलफलपश्चात् कार्यान्वयनमा आएको त्यहाँका सरकारी अधिकारीले जनाएका छन् ।

ब्रुनाईमा सुल्तान हस्सनल बोल्किया लामो समयदेखि सत्तामा छन् । नयाँ कानुनमा चोरी गर्नेहरूका हात र खुट्टा काटिने व्यवस्थासमेत गरिएको छ। ब्रुनाईको मुलुकी ऐनको यस्तो व्यवस्था खासगरी साउदी अरब समेतका खाडी राष्ट्रहरूमा प्रयोगमा छ । पूर्वी वा दक्षिण पूर्वी एसियामा कठोर शरिया कानुन देशव्यापी रुपमा पूर्ण कार्यान्वयन गर्ने ब्रुनाई पहिलो राष्ट्र हो।

ब्रुनाईको यस्तो निर्णयप्रति विश्व समुदायले कटु आलोचना गरेको छ। संयुक्तराष्ट्र संघले शरिया कानुनका व्यवस्थाहरू निर्मम र अमानवीय रहेको जनाएको छ । प्रसिद्ध नायक जर्ज क्लूनी, पपस्टार एल्टन जोन समेतका कलाकारहरूले पनि ब्रुनाईका सेवाहरू बहिस्कार गर्न आग्रह गरेका छन्। तर, ब्रुनाईका सुल्तानको कदमप्रति अरब राष्ट्रले स्वागत गरेका छन्।

ब्रुनाईका सुल्तान विश्वकै धनी व्यक्तिमा गनिन्छन्। सुल्तानले नयाँ शरिया कानुन ल्याउन सन् २०१३ मै घोषणा गरेका थिए। सन् २०१४ मा शरिया कानुनको पहिलो प्रस्ताव सार्वजनिक गरिएको थियो। पहिलो प्रस्तावित कानुनमा दण्डसजाय केही खुकुलो थियो।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article साढे ५ घण्टा लगाएर खाने नली र मलद्वार नभएकी शिशुको सफल शल्यक्रिया
Next article नेपाल न्यूरोसर्जरी समाज (निसोन) को दोस्रो अन्र्तराष्ट्रिय सम्मेलन आजदेखि सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2382
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web