हेल्थ टुडे,
काठमाडौ,२१ चैतः नेपाल न्यूरोसर्जरी समाज (निसोन) को सातौँ राष्ट्रिय तथा दोस्रो अन्र्तराष्ट्रिय सम्मेलन आजदेखि काठमाडौमा सुरु हुँदैछ । सम्मेलनमा विश्वका वरिष्ठ न्यूरोसर्जनहरुले न्यूरोसर्जरीमा अपनाइएका अन्र्तराष्ट्रिय पद्दति, प्रविधि र नयाँ विकास भएका उपकरणबारे छलफल हुने जनाइएको छ ।
यस्तै, मस्तिष्क नशा तथा मेरुदण्डसम्बन्धी रोगको पहिचान, उपचार, रोकथाम र अनुसन्धान, न्यूरोसर्जरीसम्बन्धी रोगको निदान र उपचारबारे पनि छलफल हुनेछ । सम्मेलनमा चीन, अष्ट्रेलिया, पोर्चुगल, जापान, भारत, अष्ट्रियाबाट आएका १० र नेपालका ४ न्यूरो सर्जरी सम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछ ।
चैत २३ गतेसम्म चल्ने सम्मेलनमा स्वदेशी–विदेशी न्यूरोसर्जन, न्यूरोलोजिष्ट, न्यूरो नर्स, फिजियोथेरापीष्टलगायत १५० बढीको सहभागिता रहने बताइएको छ । नेपालमा हाल ८० जना न्यूरोसर्जन रहेको र करिब २० जना न्यूरोका रेजिजेन्ट डाक्टर रहेका छन् ।
Leave a Reply