हेल्थ टुडे,
काठमाडौं, २४ चैत : नेपाल डेन्टल हाइजेनिष्ट एसोसिएसनको छैठौं राष्ट्रिय भेला राजधानीमा सम्पन्न भएको छ । दरवारमार्ग स्थित उडल्यान्ड होटेलमा सम्पन्न भएको एक दिवसिय उक्त भेलाको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादबले उदघाटन गरेका थिए । समारोहमा बोल्दै राज्यमन्त्री यादवले नेपालका ग्रामिण भेगसम्म सेवा दिइरहेका डेन्टल हाइजेनिष्टहरुलाई राज्यले स्थानिय तहसम्म दरबन्दीको व्यवस्था गर्ने बताए । एसोसिएसनले बुझाएको ७ बुदे ज्ञापनपत्र ग्रहण गर्दै राज्यमन्त्री यादवले माग सम्बन्धमा ध्यानाकर्षण भएको माग पुरा गर्ने आश्वासन दिए ।
नेपाल डेन्टल हाइजेनिष्ट एसोसिएसनका अध्यक्ष राजकुमार तामाङले दन्त स्वास्थ्य क्षेत्रलाई अगामी दिनमा व्यवस्थित र मर्यादित बनाउन सबै दन्त स्वास्थ्यकर्मीहरु मिलेर जानु पर्ने र नीतिगत व्यवस्थामा सामूहिक आवाज उठाउनु पर्नेमा जोड दिए । नेपाल डेन्टल हाईजेनिष्टका महासचिव अमृत भुसालले स्वागत मन्तव्य गर्दै एसोसिएसन नेपालमा दात र मुख सम्बन्धि सबैभन्दा पुरानो र धेरै सदस्य भएको संस्था रहेको बताए । उनले सस्थाले शहरी देखि ग्रामीण क्षेत्रमा गएर योगदान दिई रहेको बताए । उनले भने, ‘एसोसिएसनले आफ्नै बलबुतामा नेपालका दूरदराजमा गएर नि शुल्क दन्त सेवा दिइरहेका छौ । सरकारले जनचेतना जगाउन नसकेको अवस्थामा हामी त्यो काम गरिरहेका छौ । ’ भेलामा देशभरिका दुई सयभन्दा बढी डेन्टल हाइजेनिष्टहरुको सहभागिता थियो ।
Leave a Reply