हेल्थ टुडे,
काठमाडौ,९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षण अस्पताल महाराजगञ्ज गएर नियमित स्वास्थ्य परिक्षण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले चीन भ्रमण जानुअघि आज त्रिवि शिक्षण अस्पताल (शिक्षण अस्पताल महाराजगञ्ज) पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको हो ।
राष्ट्रपति भण्डारी आगामी बिहीबार चीन भ्रमणमा जाने कार्यक्रम छ । आज विहान साढे नौ बजे त्रिवि शिक्षण अस्पताल पुग्नुभएकी राष्ट्रपति भण्डारीले आधा घण्टा उपचार गराउनुभएको थियो ।
राष्ट्रपति भण्डारीले शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउने गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Leave a Reply