हेल्थ टुडे,
काठमाडौ,१३ बैशाखः नेपाल मेडिकल काउन्सिलले बिरामीलाई बेवास्ता गरेको भन्दै चिकित्सकविरुद्ध ६० वटा उजुरी परेका छन् । काउन्सिलले उजुरीमाथी छानविन गर्दा चिकित्सकले आचारसंहिता उल्लंघन गरेको भेटिए र उपचारका क्रममा लापरबाही गरेको प्रमाणित भए कारबाही हुने जनाएको छ ।
नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा चिकित्सकको लापरबाहीका कारण एक शिशुको मृत्यु भएको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको छ । चिकित्सकले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ विपरीत बिरामीलाई अन्य अस्पतालमा रेफर गर्न लगाएको भन्दै आफन्तले अस्पताल प्रशासन र सम्बन्धित चिकित्सकविरुद्ध उजुरी दर्ता गराएका हुन् ।
आफन्तले नेपाल मेडिकल काउन्सिलसहित जिल्ला प्रशासन कार्यालय काठमाडौं र राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गराएका छन् । यो त एउटा प्रतिनिधि घटनामात्र हो । उपचारको क्रममा लापरबाही गरेको भन्दै बिरामीका आफन्तहरुले चिकित्सकबिरुद्ध यस्तै प्रकृतिका ६० वटा उजुरी दर्ता गरेका छन् ।
Leave a Reply